नाउपा केन्द्रीय समितिको पहिलो बैठक : अपुग पदाधिकारी र सदस्य मनोनीत गर्ने जिम्मा रेशमलाई – Nepal Press

नाउपा केन्द्रीय समितिको पहिलो बैठक : अपुग पदाधिकारी र सदस्य मनोनीत गर्ने जिम्मा रेशमलाई

कैलाली । नागरिक उन्मुक्ति पार्टी नाउपाको पहिलो केन्द्रीय समिति बैठक सम्पन्न भएको छ ।

शनिवार बिहान टीकापुरमै बसेको पहिलो केन्द्रीय समिति बैठकले अपुग पदाधिकारी र सदस्य मनोनीत गर्ने जिम्मा पार्टी अध्यक्ष रेशम चौधरीलाई दिने निर्णय गरेको हो ।

सचिव र सह सचिव पदमा पुरैको उम्मेदवारी परेन । ७ जनाको सचिव पदमा ४ जना र ७ जनाको सह सचिव पदमा ६ जनाको उम्मेदवारी परेको थियो । अपुग ३ जना सचिव १ जना सहसचिव पदमा मनोनीत गर्ने जिम्मा अध्यक्ष चौधरीलाई दिइएको एक पदाधिकारीले जानकारी दिए ।

त्यस्तै २४५ सदस्यीय केन्द्रीय मध्ये पहिलो महाधिवेशनमा सबै निर्वाचित भएनन् ती सदस्य मनोनीत गर्ने र बाकी २५६ सदस्य मनोनीत गर्ने जिम्मा पनि रेशम चौधरीलाई दिइएको ती पदाधिकारीले जानकारी दिए ।

संस्थापक २१ जनाको केन्द्रीय समितिमा पनि अहिले छुटेका केन्द्रीय सदस्यहरुलाई मनोनीत गर्ने निर्णय गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर