दाङ बस दुर्घटना अपडेट : मृतक १२ जनाकै सनाखत,दुई भारतीय नागरिकसहित सबैको शव लमहीमा – Nepal Press

दाङ बस दुर्घटना अपडेट : मृतक १२ जनाकै सनाखत,दुई भारतीय नागरिकसहित सबैको शव लमहीमा

रूपन्देही । दाङमा बस दुर्घटनामा मृत्यु भएका १२ जनाकै सनाखत भएको छ । वडा प्रहरी कार्यालय लमहीका अनुसार नेपालगञ्जबाट काठमाडौंका लागि छुटेको भे १ ख ३९१२ नम्बरको बस दुर्घटनामा ज्यान गुमाउने १ महिलासहित ११ पुरुषको सनाखत भएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमा बाँके नेपालगञ्ज निवासी ६० वर्षीय कुसुम बस्नेत, मकवानपुर हेटौडा निवासी ३९ वर्षीय सौरव विष्ट, काठमाडौं चन्द्रागिरि नगरपालिका-१५ निवासी ६५ वर्षीय ताराकान्त पाण्डे, जुम्ला श्रीढुस्का-९ निवासी ४० वर्षीय मुनबहादुर बस्नेत, बाँके निवासी ३० वर्षीय रामबहादुर हरिजन, रुकुम गोतमकोट निवासी २५ वर्षीय दीपक कामी, भारत विहार निवासी ६७ वर्षीय योगेन्द्र राम रहेका छन् ।

यस्तै भारत उत्तरप्रदेश निवासी ३१ वर्षीय अतिकुल्ला खैरे, बाँके खजुरा-३ खजुरा निवासी २५ वर्षीय सञ्जय केसी, चितवन भरतपुर महानगरपालिका-२५ निवासी ३५ वर्षीय अनिल खड्का, भारत निवासी ४५ वर्षीय चेतराम सिल्पकार, बाँके खजुरा गाउँपालिका-३ निवासी २८ वर्षीय अर्जुन थापा रहेका छन् । लमही अस्पतालमा शवको पोष्टमार्टम जारी छ ।

अहिलेसम्म ५ जनाको पोष्टमार्टम गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए । बसमा चालकसहित ३७ जना सवार थिए । जसमध्ये २४ जना घाइते छन् । महिला ६ र पुरुष १८ जना घाइते छन् ।

घाइतेमध्ये चौराहा हस्पिटल बुटवलमा ८, मेडिकल कलेज कोहलपुर बाँकेमा १३ र सिटी अस्पताल बुटवलमा एक, राप्ती पोलिक्लिनिक भालुबाङमा एक, प्रस्तावित भालुबाङ अस्पतालमा एक जना बिरामीको उपचार जारी छ । जसमध्ये चार जना गम्भीर छन् ।

११ जना मध्यम र ९ जना सामान्य छन् । प्रहरीले बस चालक सल्यान त्रिवेणी गाउँपालिका-४ निवासी २८ वर्षीय लालबहादुर नेपालीलाई नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *