दिगो विकासलाई प्रभावकारी बनाउन पूर्वाधारलाई बलियो बनाउनुपर्छ: सहरी विकासमन्त्री गुरुङ – Nepal Press

दिगो विकासलाई प्रभावकारी बनाउन पूर्वाधारलाई बलियो बनाउनुपर्छ: सहरी विकासमन्त्री गुरुङ

काठमाडौं । सहरी विकासमन्त्री सीता गुरुङले दिगो विकासलाई प्रभावकारी बनाउन पूर्वाधारलाई बलियो बनाउनुपर्ने बताएकी छन् ।

डिप्लोमा इन्जिनियर्स एसोसिएसनले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री गुरुङले दिगो अर्थतन्त्रलाई स्थापीत गर्न र दिगो विकासलाई प्रभावकारी बनाउन पूर्वाधारलाई बलियो बनाउनुपर्ने र यसका लागि प्राविधिकहको भूमिका महत्वपूर्ण हुने बताएकी हुन् ।

उनले मन्त्रालयले राष्ट्रिय सहरी भवन संहिता निर्माण गरेर कार्यान्वयनका लागि सवै पालिकाहरुमा पठाइएपनि प्रभावकारी ढंगले लागू हुन नसकेको धारणा राखे ।

उक्त बिषयमा नगरपालिका गाँउपालिका महासंघसँग बुझ्दा प्राविधिकको कमीका कारण कार्यान्वयनमा समस्या देखिएको पाइएको उनले बताए । उनले सरकारले बनाएका नीति नियम कार्यान्वयन गर्न कुनै न कुनै रुपमा आधार बसाल्नका लागि निष्कर्षमा पुग्नुपर्ने उल्लेख गरे ।

मन्त्री गुरुङले आयोजनाको अनुगमन र मूल्याङकनलाई प्रभावकारी बनाउन नसके र अभिलेखिकरण गर्न नसके बिकासलाई द्रूत गतिमा फड्को मार्न नसकिने जिकिर गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *