कसले बनायो कृष्णबहादुर महरालाई सिंगापुरमा मार्ने योजना ? – Nepal Press
पुस्तक चर्चा

कसले बनायो कृष्णबहादुर महरालाई सिंगापुरमा मार्ने योजना ?

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले टीकापुर घटनामा दोषी ठहर भएर कारागार बस्दाको समयमा लेखेका विषयवस्तु समेटेर पुस्तक सार्वजनिक गरेका छन् । यसअघि टीकापुर घटनापछि फरार रहेको अवस्थामा उनले पहिलो पुस्तक ‘चिरफार’ लेखेका थिए । त्यसको केही वर्षपछि उनले ‘धरातल’ पुस्तक सार्वजनिक गरेका छन् ।

उनले पुस्तकमा भूमिगत अवस्थामा २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा जित्दा, भारतमा बस्दाका क्षण, आत्मसमर्पण गरेर जिल्ला अदालतदेखि डिल्लीबजार कारागारसम्मको दैनिकी समेटेका छन् । पूर्वसभामुख कृष्णबहादुर महरा, पूर्वआईजीपी रमेश चन्द, डीआईजी रञ्जन कोइराला, पूर्वसांसद डीबी कार्की, सीईओ कमल ज्ञवाली, अहिलेको गण्डकीका सांसद दीपक मनाङेलगायतसँग भएका कुराकानी र प्रसंगलाई पनि उनले पुस्तकमा लेखेका छन् ।

‘डिल्लीबजार कारागारमा सँगै रहेका पूर्वसभामुख कृष्णबहादुर महराले एक दिन मलाई सम्झाउँदै भनेका थिए, तपाईं दोषी हो कि निर्दोष हो, राज्यलाई थाहा छ । यथार्थ कटु सत्य के हो भने टीकापुर घटना नभएको भए राज्यले संविधान जारी गर्न सक्थेन । तपाईंको जीवनको प्रतिष्ठा दाउमा लगाएर बनाएको संविधान आफैंमा अधुरो छ’, उनले पुस्तकमा उल्लेख गरेका छन् ।

पुस्तकमा पटक पटक टीकापुर घटनाबारे प्रस्टीकरण दिएका उनी भन्छन्, ‘न म उक्त घटनाको दोषी हुँ न त मेरो कुनै त्यस प्रकारको आचरण थियो, जसका कारण घटना घटाऊँ ।’

डिल्लीबजार कारागारमा भएका तीतामीठा पल उनले पुस्तकमा सविस्तार वर्णन गरेका छन् । त्यसअघि उनले कैलाली क्षेत्र नम्बर १ बाट भूमिगत अवस्थामै निर्वाचन जितेको र भारतमा बस्दाको अवस्था पनि पुस्तकमा समेटेका छन् । ‘नेपालमा चुनाव जितेपछि प्रहरीको मोस्ट वान्टेडमा थिएँ म । आफ्नै देशको प्रहरीले देख्यो भने गोली ठोक्छ कि भन्ने डर थियो । छिमेकी देशको प्रहरीले भने सम्मानसहित सलाम ठोक्दै थियो’, उनले लेखेका छन् ।

जेलमा रहेका ७० प्रतिशत कैदी निर्दोष रहेको ठहर गर्दै रेशमले लेखेका छन्, ‘यो मैले प्रतिशोधको लागि राज्यलाई कमजोर बनाउन लेखेको होइन । यहाँ बस्ने पूर्वगृहमन्त्री खुमबहादुर खड्का, कैद भुक्तानका लागि जेल आएका आईजीपी, डीआईजी, सांसद सबैले गरेको मूल्याङ्कन हो ।’

रेशमले शपथ खुवाउने र खाने दुबै जेलमा रहेको अवस्थामा विभिन्न विषयहरू उल्लेख गर्न खोजेका छन् । केही पूर्ण छन् त केही अपूर्ण ।

कृष्णबहादुर महराले विप्लवलाई आफूले पार्टीको सदस्य दिएको आफूलाई वैद्यले सदस्यता दिएको, वर्षमान पुन, नन्दबहादुर पुन, ओनसरी घर्ती मगर, विप्लव सबैलाई विद्यालयमा पढाएकोलगायतका विषयमा गरेका चर्चासमेत रेशमले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् ।

महराले आफूलाई डिल्लीबजार कारागारमा नचिनेको प्रसंग पनि रेशमले छुटाएका छैनन् । ‘नमस्कार सभामुखज्यू, मैले अभिवादन टक्र्याएँ, उहाँले केवल मुन्टो हल्लाउनु भयो ।’

उहाँले मलाई नचिने जस्तो लागेपछि मैले पुनः आफ्नो परिचय दोहोर्‍याएँ, ‘म सांसद रेशम चौधरी, सभामुखज्यू’

‘म सभामुख होइन, अहिले महराजी भन्नुहोस् मलाई’, उहाँले अलि गम्भीर मुद्रामा भन्नुभयो ।

रेशमले महरालाई कारागारमा पूर्वसांसद डीबी कार्की, पूर्वआईजीपी रमेश चन्द ठकुरीलगायत रहेको जानकारी गराएको पुस्तकमा लेखेका छन् । जेलमा रहेका ७० प्रतिशत कैदी निर्दोष रहेको ठहर गर्दै रेशमले लेखेका छन्, ‘यो मैले प्रतिशोधको लागि राज्यलाई कमजोर बनाउन लेखेको होइन । यहाँ बस्ने पूर्वगृहमन्त्री खुमबहादुर खड्का, कैद भुक्तानका लागि जेल आएका आईजीपी, डीआईजी, सांसद सबैले गरेको मूल्याङ्कन हो ।’

पूर्वआईजीपी रमेश चन्द, डीआईजी रञ्जन कोइराला, पूर्वसांसद डीबी कार्की, सीईओ कमल ज्ञवालीलगायत भीआईपी कैदीहरू राख्ने जेलमा महरालाई पनि समावेश गरिएको पुस्तकमा चर्चा छ ।

रेशमले टीकापुर घटनामा थारुहरूलाई मुद्दा लगाउनुमा थारु अगुवाहरूकै कमजोरी रहेको औंल्याएका छन् । ‘थारुवान थारुहट आन्दोलनका केन्द्रीय संयोजक रामजनम चौधरी घटनाको केही दिनमै मन्त्री हुनु, तर त्यही आन्दोलनको अगुवाको आरोपमा थारु कल्याणकारीका केन्द्रीय अध्यक्ष धनीराम चौधरीलाई मुद्दा लगाउनु निश्चय पनि न्यायोचित थिएन’, उनले पुस्तकमा लेखेका छन्, ‘टीकापुर आन्दोलनको आरोपमा क्षेत्रीय संयोजक भएकैमा रेशम चौधरी, लक्ष्मण थारु, लाहुराम थारु, रामप्रसाद चौधरीलाई मुद्दा लगाइनु तर कैलाली कञ्चनपुर संयोजकलाई मन्त्री बनाइनु पनि ठूलै शक्तिको षडयन्त्र हो ।’

पुस्तकमा उनले नेकपा, कांग्रेसका कार्यकर्तालाई मुद्दा लगाएर फरारको सूचीमा राखे पनि पक्राउ नगरिएको तर, दल नभएका र मधेसी दलमा रहेकाहरूलाई जेलमा कोचिएकोमा असन्तुष्टि पोखेका छन् ।

पूर्वसभामुख कृष्णबहादुर महराले भनेका केही रहस्यमय कुरा पनि पुस्तकमा उल्लेख छ । ‘थाहा छ रेशमजी, म जेलमा नआएको भए मारिन सक्थें । सिंगापुरमा मलाई मार्ने प्लान भएको थियो रे ! जेलमा आएर बाँचेको छु’ महराले आफूलाई भनेको भन्दै रेशमले पुस्तकमा उल्लेख गरेका छन् ।

काठमाडौंको अस्पतालमा पनि खुट्टामा नेल लगाएको, जुठो जुस खाएर अनसन तोडेको, प्रतिनिधिसभा सदस्यको शपथ ग्रहणको लागि महन्त ठाकुरले सुट सिलाउन भन्दै तीस हजार रुपैयाँ दिएको र जेलमै आफ्नो पैसा चोरी भएको तथा दीपक मनाङेले पैसा चोरलाई थप्पड हिर्काएको प्रसंग पनि रेशमले पुस्तकमा उल्लेख गरेका छन् ।

तत्कालीन नेकपाको केन्द्रीय समितिको बैठकमा सहभागी भएर डिल्लीबजार कारागार भेट्न आउने अधिकांशले महरालाई एमसीसीले फसायो भन्ने गरेकोसमेत पुस्तकमा लेखिएको छ । कारागारमा मात्रै नभई केन्द्रीय समिति बैठकमा १५ मध्ये ८ वटा समिति खुलेरै महराजीलाई एमसीसीले फसाएको भन्दै गरेको वकालत पनि रेशमले आफ्नो पुस्तकमा चर्चा गरेका छन् ।

रेशमले कारागारमै कृष्णबहादुर महरालाई ‘कृष्णबहादुर एमसीसी’ भनेर नाम राखिएको प्रसंग पनि उल्लेख गरेका छन् । ‘कृष्णबहादुर एमसीसी भनेको को हो थाहा छ मान्यज्यू तपाईंलाई’, महराको ठाउँमा एमसीसी राखिदिएपछि रेशम प्रश्न गर्छन् ।

‘क्या हो ? भन्नुहोस् त !’

‘कृष्णबहादुर महरा क्षेत्री चौधरी ।’

अर्काे प्रसङ्गमा पुस्तकमा उनले टीकापुरमा थारुहरूले गरेको राजनैतिक विद्रोहलाई जातीय आन्दोलनको शीर्षक दिएर प्रचार गरिएको उल्लेख गरेका छन् । निर्वाचन जितेपछि भूमिगत रहेको रेशम चौधरी सबैको सल्लाहमा नेपाल आएको, सुटुक्क आएर सम्मानसहित रिहा हुने कानूनी सल्लाहकार र सरकारी कर्मचारीले दिएको आश्वासनमा विश्वस्त हुनु महाभूल थियो भन्ने जेलमा महसुस गरेको कुरा पनि पुस्तकमा छ ।

काठमाडौंको अस्पतालमा पनि खुट्टामा नेल लगाएको, जुठो जुस खाएर अनसन तोडेको, प्रतिनिधिसभा सदस्यको शपथ ग्रहणको लागि महन्त ठाकुरले सुट सिलाउन भन्दै तीस हजार रुपैयाँ दिएको र जेलमै आफ्नो पैसा चोरी भएको तथा दीपक मनाङेले पैसा चोरलाई थप्पड हिर्काएको प्रसंग पनि रेशमले पुस्तकमा उल्लेख गरेका छन् ।

‘२०७२ असोज, संविधान जारी भएको केही समयमै विजय गच्छेदारको पार्टी फोरम लोकतान्त्रिक सरकारमा गयो । हिजो थरुहट आन्दोलनको केन्द्रीय संयोजक तथा टीकापुर घटनालाई प्रत्यक्ष निर्देशन गर्ने रामजनम चौधरी स्वास्थ्यमन्त्री भए । विजय गच्छेदार उपप्रधानमन्त्री भए । फोरम लोकतान्त्रिक सरकारमा गएपछि बल्ल थरुहट आन्दोलनको नाममा जनता होमाउनेहरूको कर्तुत उदाङ्गो भयो’, टीकापुर घटनापछि थारु नेताहरूको बारेमा उनले पुस्तकमा लेखेका छन्, ‘टीकापुरमा राज्यले दमन गरिरहँदा मन्त्री पदमा आसीन भई रामजनम चौधरी वार्ता टोलीको सदस्यसमेत बने ।’

पुस्तकमा चौधरीले भूमिगत अवस्थामै दिल्लीमा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेको प्रसङ्ग पनि उतारेका छन् । उनले टीकापुर घटना स्मरण गर्दै पुस्तकमा लेखेका छन्, ‘आन्दोलन हो भन्दैमा मान्छे मार्नु हुँदैन तर, भीडले मान्छे चिन्दो रहेनछ । दुर्घटना नहोस् भनेर जेठानको देहान्तमा श्रीमतीलाई पशुपतिको क्रियापुत्री घरमा छोडेर प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा धनगढी र टीकापुर पुगेको हुँ म, आखिर जसको सद्भावलाई शीरोपर गरी सम्झौता गर्‍यो, उसैलाई दोषी बनाइयो । टीकापुर घटनाको योजनाकार को हुन्, मभन्दा धेरै राज्य प्रस्ट छ ।’

उनले पुस्तकको बिट मार्दै लेखेका छन्, ‘रञ्जितालाई मन्त्री बनाएर हाम्रो मुद्दा ओझेलमा त परेको छैन ? निकै पिरोलिन्छु म !’ पुस्तकमा उनले आफ्ना केही कविता र पुराना लेखहरू पनि समावेश गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *