जसपाले पारित गर्‍यो महाधिवेशन सम्बन्धी कार्यतालिका – Nepal Press

जसपाले पारित गर्‍यो महाधिवेशन सम्बन्धी कार्यतालिका

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठकले पार्टीको महाधिवेशन सम्बन्धी कार्यतालिका पारित गरेको छ । आज बसेको बैठकले आगामी जेठ २८ गतेदेखि ३० गतेसम्म धनुषामा आयोजना हुने पार्टी महाधिवेशनको कार्यतालिका पारित गरेको हो ।

पारित कार्यतालिकाअनुसार संगठित पार्टी सदस्यता वितरण तथा नवीकरण गर्न फागुन २५ गतेसम्मको समयसीमा तोकेको छ । त्यसैगरी संसदीय निर्वाचन क्षेत्रअनुसार संगठित पार्टी सदस्यहरुको अभिलेख तयार गरी जिल्ला समितिले राष्ट्रिय समिति र राष्ट्रिय समितिले प्रदेश समितिमार्फत केन्द्रीय कार्यालयमा चैत १० गतेसम्म पठाइसक्नु पर्ने छ ।

यसरी सदस्यता वितरण गर्दा मंसिर ३० गतेसम्म पार्टी सदस्यता प्राप्त गरिसकेका वा पार्टी संगठनमा आवद्ध तथा पार्टी संगठनमा कार्यरत पार्टी सदस्यलाई मात्र संगठित पार्टी सदस्यता प्रदान गर्नुपर्ने निर्णय भएको छ ।

उक्त पार्टी संगठित सदस्यता सम्बन्धी दाबी विरोध अथवा उजुरी दिने व्यवस्था गरिएको छ त्यसका लागि चैत्र १० गतेसम्मको समयावधि तोकिएको छ ।
संसदीय निर्वाचन क्षेत्रको प्रतिनिधि निर्वाचनका लागि पार्टी केन्द्रीय कार्यालयले निर्वाचन समिति गठन गर्ने छ ।

महाधिवेशन प्रतिनिधिहरुको चयन तथा निर्वाचन २०८० चैत २० गतेदेखि २०८१ वैशाख २० गतेसम्म गरिसक्नु पर्नेछ । यसरी निर्वाचित महाधिवेशन प्रतिनिधिको नामावली केन्द्रीय कार्यालयमा २०८१ वैशाख ३० गतेभित्र पठाइसक्नु पर्ने छ ।

महाधिवेशन सम्बन्धी प्रक्रिया एवम् कार्यविधि केन्द्रीय कार्यकारिणी समितिले तोक्ने तथा केन्द्रीय निर्वाचन समिति गठन गर्ने छ ।

महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजहरु तयार गर्न निम्नानुसारको मस्यौदा समिति गठन हुने जसपा बैठकले निर्णय गरेको छ ।

१.विश्लेषणात्मक राजनीतिक एवम् सङ्गठनात्मक प्रतिवेदन तथा पार्टीको आगामी कार्यदिशा सम्बन्धी दस्तावेज
२. पार्टीको नीति तथा कार्यक्रम सम्बन्धी दस्तावेज (सैद्धान्तिक, वैचारिक तथानीतिगत दस्तावेज)

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर