बीपीका डाक्टर र कर्मचारीद्वारा हड्तालको चेतावनी, सरकारले सहमति कार्यान्वयन नगरेको गुनासो – Nepal Press

बीपीका डाक्टर र कर्मचारीद्वारा हड्तालको चेतावनी, सरकारले सहमति कार्यान्वयन नगरेको गुनासो

विराटनगर । सरकारले गरेको प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक एवं कर्मचारीले आन्दोलनको कार्यक्रम तय गरेका छन् ।

सरकारले प्रतिष्ठानका शिक्षक तथा कर्मचारीसँग गरेको प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै उनीहरूले चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् ।

सरकारले प्रतिष्ठानका चिकित्सक, कर्मचारीहरूको बढुवाका लागि अन्तरवार्ता गर्ने सहमति गरेको थियो । सहमति अनुसार बढुवाको प्रक्रियाका लागि हुनुपर्ने अन्तर्वार्तामा विलम्ब भएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् । पुस २८ गते सम्म माग पुरा नभए पुस २९ गतेदेखि हडतालमा उत्रिने अल्टिमेटम दिएका छन् ।

हडतालमा इमर्जेन्सी, आइसियु, आन्तरंग वार्डको उपचार सेवा बाहेक सबै सेवा बहिस्कार गरिने बिहीबार शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजद्वारा प्रकाशित संयुक्त वक्तव्यमा जनाइएको छ ।

विज्ञप्तिमा माग पूरा नभएको भन्दै कायममुकायम उपकुलपति प्रा. डा. प्रल्हाद कार्कीलाई प्रतिष्ठानका निश्चित ठाउँमा आउजाउ गर्न निषेध गर्ने उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘माग पूरा नभए कार्कीलाई ‘निषेधित क्षेत्र मा प्रवेश गर्न दिइने छैन । गत कात्तिक २० गते नेपा सरकारका स्वास्थ्य मन्त्रीसँग बढुवा प्रक्रियाका लागि अन्तर्वार्ता लिन सहमति भएको थियो । सहमतिअनुसार अन्तरवार्ता लिन ढिलाइ भएपछि उनीहरू आन्दोलित बनेका हुन् ।

कर्मचारी कल्याण समाजका अध्यक्ष डा. सेराज खानका अनुसार सहमतिअनुसार अन्तर्वार्ताको प्रक्रिया नगरिएपछि आन्दोलन गर्नुपरेको हो । यसअघि पनि कर्मचारी र शिक्षकहरूले माग पूरा गराउन दबाब दिने उद्देश्यले आन्दोलन गरेका थिए । लामो समयसम्म आन्दोलन गरेपछि सहमति भएको थियो ।

गत कात्तिक २० गते आन्दोलनरत शिक्षक र कर्मचारीसँग प्रतिष्ठान प्रशासनको छुट्टाछुट्टै ४ बुँदे सहमति भएको थियो ।

उक्त सहमतिअनुसार विधि, प्रक्रिया पुरा गरेर पुस १ गतेदेखि १५ गतेसम्म अन्तर्वार्ता गरिने उल्लेख थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *