राष्ट्रिय एकता दिवस : राप्रपाको जलपानमा प्रधानमन्त्री, सभामुखसहित नेताहरु (तस्बिरहरु) – Nepal Press

राष्ट्रिय एकता दिवस : राप्रपाको जलपानमा प्रधानमन्त्री, सभामुखसहित नेताहरु (तस्बिरहरु)

काठमाडौं । राप्रपाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२ औं जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा जलपान कार्यक्रमको आयोजना गरेको छ ।

भृकुटीमण्डपमा आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरेलगायतको उपस्थिति रहेको छ ।

त्यस्तै, कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुको उपस्थिति रहेको छ । समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायतको उपस्थिति रहेको छ । उनीहरुलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले स्वागत गरेका थिए ।

राप्रपा पुस २७ गतेका दिन नियमितरुपमा जलपानको आयोजना गर्दै आएको छ ।

विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो ।

तीनै राज्यलाई एकतामा सुत्रमा बाँध्ने कार्यको सुरुवाती नेतृत्व पृथ्वीनारायणले गरेका कारण उनलाई राष्ट्रनिर्माताको रुपमा पनि लिइने गरिन्छ ।

तस्बिरहरु:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर