नाउपा अध्यक्षका लागि रेशमले दिए उम्मेदवारी, महासचिवमा आधा दर्जनको दाबी – Nepal Press

नाउपा अध्यक्षका लागि रेशमले दिए उम्मेदवारी, महासचिवमा आधा दर्जनको दाबी

टीकापुर । नागरिक उन्मुक्ति पार्टीको भावी अध्यक्षका लागि अहिलेसम्म रेशम रेशम चौधरीको एकल उम्मेदवारी परेको छ । उनी पार्टीका संरक्षक हुन् । नाउपाको वर्तमान अध्यक्ष रेशमपत्नी रञ्जिता श्रेष्ठ छिन् । अहिले पनि उम्मेदवारी दर्ता जारी छ । स्रोतकाअनुसार अहिलेसम्म अध्यक्षमा एकल उम्मेदवारी दर्ता भएको छ । त्यसबाहेक अन्यमा उम्मेदवार बढी भएपछि निर्वाचनको सम्भावना बढेको छ ।

महासचिवमा गङ्गा चौधरी, धर्म चौधरी ठाकुर सिंह थारुलगायतको उम्मेदवारी परेको छ । गङ्गा प्रतिनिधिसभा सदस्य हुन् भने धर्म लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार मन्त्री हुन् । सिंह बडियाताल गाउँ पालिकाको अध्यक्ष पदका उम्मेदवार हुन् । यस अघि महासचिव रहेका रतन थापाले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएको बताइन्छ ।


प्रतिक्रिया

One thought on “नाउपा अध्यक्षका लागि रेशमले दिए उम्मेदवारी, महासचिवमा आधा दर्जनको दाबी

  1. सोझा थारूलाई दिल्लीको पैसाले प्रभावमा पारेर केको नेता ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर