स्पेनमा नेपालीबीचको फुटबल प्रतियोगिता हुने – Nepal Press

स्पेनमा नेपालीबीचको फुटबल प्रतियोगिता हुने

स्पेन । स्पेनमा नेपालीहरुबीच फुटबल प्रतियोगिता हुने भएको छ । फुटबल खेलमा अब्बल मानिएको स्पेनमा रोजगारीका लागि आइपुगेका नेपालीहरु मैदानमा उत्रिने भएका छन् । एनआरएनए स्पेनले एनआरएनए फुटबल कप आयोजना गरेको हो ।

एनआरएनए स्पेनका उपमहासचिव केशवराज कँडेलले नेपाली बीचको खेलले नेपालीलाई ऐक्यवद्ध बनाउने बताए । उनका अनुसार खेल यहि २८ (माघ १४) मा हुनेछ । खेल बार्सिलोनाको एफसी क्यान वोक्सिरेस क्रातादे एसपुलगेस ०८९०६ एल हस्पितालेत दे लोब्रेगातमा हुनेछ । खेल दिउसो २ बजेदेखि सुरु हुनेछ । एनआरएनए स्पेनले वर्षेनी फुटबल कप गर्दै आइरहेको छ ।

कँडेलले स्पेनमा रहेका क्षेत्रीय समिति, सामाजिक, वैचारिक, जातीय संघ संस्था, क्लबहरु सहभागी हुने जानकारी दिए । एक दर्जन टिम प्रतियोगितामा भाग लिनेछन् । विजेताले ८ सय १ युरो, उपविजेताले ४ सय १ युरो नगद पाउनेछन् ।

यस्तै ट्रफि कप, मेडल, प्रमाणपत्र पाउनेछन् । उत्कृष्ट र अनुशासित खेलाडीलाई ट्रफि, मेडल समेत प्रदान गरिनेछ ।स्पेनमा झण्डै १० हजार नेपालीहरु छन् । ११ वर्ष भन्दा मुनिका नेपाली नानीबाबुहरुबीच मैत्रीपूर्ण फुटबल खेल समेत खेलाईने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर