ज्ञानेन्द्र शाहीको प्रश्न- महरा र सन्दीपलाई फरक व्यवहार किन ? – Nepal Press

ज्ञानेन्द्र शाहीको प्रश्न- महरा र सन्दीपलाई फरक व्यवहार किन ?

काठमाडौं । राप्रपा सांसद ज्ञानेन्द्र शाहीले क्रिकेटर सन्दीप लामिछानेमाथिको मुद्दामा अदालतले गरेको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । माओवादी नेता कृष्णबहादुर महराविरुद्धको मुद्दासँग दाँज्दै उनले कानून सबैलाई बराबर हुनुपर्ने तर्क गरे ।

फेसबुकमा स्टाटस लेख्दै शाहीले सम्मानित अदालतलाई सम्मान गर्ने तर एउटै प्रकृतिको मुद्दामा किन फरक फैसला भन्दै प्रश्न गरेका हुन् ?

उनले लेखेका छन्, ‘सम्मानित अदालतललाई म सम्मान गर्छु । तर पुर्वसभामुख कृष्णबहादुर महरा र अन्तर्राष्ट्रिय स्तरमा देशलाई चिनाउने खेलाडी सन्दीप लामिछानेको मुद्दामा फरक के थियो त ?’

१) महरा पीडितको घरमै गएका थिए भने सन्दीप होटलमा

२) महराले रक्सी पिएर पीडितलाई मरणासन्न हुनेगरी पिटेका पनि थिए तर सन्दीपले त्यसो गरेका थिएनन्

त्यसो भए महरालाई चोख्याएको न्यायलयले सन्दीपलाई चैं किन ८ वर्ष जेल सजाय तोकेको ?

सन्दीपले ८ वर्ष जेल बस्नुपर्छ भने महराले चैं किन बस्नुपरेन ? न्याय सबैलाई बराबर हुनु प्रने होइन र ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर