पर्यटन ऐन २०३५ संशोधन अन्तिम चरणमा – Nepal Press

पर्यटन ऐन २०३५ संशोधन अन्तिम चरणमा

काठमाडौं । पर्यटन ऐन २०३५ व्यापक संशोधन गरिने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ऐन संशोधनका लागि तयार पारेको मस्यौदामाथि बुधबार सातै प्रदेशका पर्यटन मन्त्री र सचिवहरुसंग छलफल चलाइएको थियो ।

करिब पाँच घण्टा लामो छलफलमा संघ, प्रदेश र स्थानिय तहविचको समन्वयका बारेमा समेत छलफल गरिएको छ । यस संगै अधिकांश विश्व सम्पादा सूचीमा सूचिकृत बाहेक सबै क्षेत्र विकास कोष र समितिलाई प्रदेशमा पठाउने बारे पनि छलफल चलाइएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले व्यवस्था परिवर्तन भएपनि ऐन र कानून पुरानो भएका कारण अपेक्षित नतिजा निकाल्न असहज भएको बताएका छन् ।

मन्त्री किराँतीले भने ‘लोकतान्त्रि संघीय गणतन्त्रलाई संस्थागत गर्न जरा भुईं तह सम्म हाल्नका अन्तर्राष्ट्रिय कूटनीतिक महत्व राख्ने बाहेकका अधिकांश अधिकांश क्षेत्रअधिकार प्रदेशमा हस्तान्तरण गर्नुपर्छ ।’

ऐन संशोधनका लागि यसपछि निजी क्षेत्र र सरोकारवालासंग समेत छलफल गरिने मन्त्री किराँतीले बताए । यस अघि खुल्ला रुपमा लिखित सुझाव समेत विभिन्न सरोकारवालासँग मागिएको थियो । पुराना ऐन बाधक बन्दा सम्भावना रहेर पनि पर्यटन क्षेत्रमा भने जस्तो प्रगति नभएको निजि क्षेत्रको बुझाइ छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर