रेड नोटिस जारी भएको ५ दिनमै कतारबाट पक्राउ परे बलात्कार आरोपी – Nepal Press

रेड नोटिस जारी भएको ५ दिनमै कतारबाट पक्राउ परे बलात्कार आरोपी

काठमाडौं। जबरजस्ती करणी मुद्दामा फरार रहेका एक युवकलाई इन्टरपोलको सहयोगमा कतारबाट पक्राउ गरी नेपाल ल्याइएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार खोटाङ हलेसी तुवाचुङ नगरपालिका-७ ठेगाना भएका १९ वर्षीय किरण राईविरुद्ध ५ दिनअघि मात्र इन्टरपोलले रेड नोटिस जारी गरेको थियो।

कतार प्रहरीको समन्वयमा राईलाई पक्राउ गरी बुधवार नेपाल फिर्ता ल्याइएको छ । राई विरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जबरजस्ती करणी मुद्दा दर्ता भएपछि अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको खुल्न आएको थियो ।

अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि नेशनल सेन्ट्रल व्यूरो (एनसिबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट यही पुस २० गते उनी विरुद्ध रेड नोटिस जारी भएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर