सञ्चार सचिव राउतसहित दुई सचिवको सरुवा – Nepal Press

सञ्चार सचिव राउतसहित दुई सचिवको सरुवा

काठमाडौँ । सरकारले दुई सचिवको सरुवा गरेको छ ।

मंङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्ण बहादुर राउत र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव रामकृष्ण सुवेदीको सरुवा गरेको हो ।

राउतलाई आयोग र सुवेदीलाई सञ्चार मन्त्रालयमा सरुवा गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

सचिव राउत गत चैत १४ गते मधेश प्रदेशको प्रमुख सचिवबाट सञ्चार मन्त्रालयमा सरुवा भएर आएका थिए ।

सञ्चारबाहेक अन्य केही मन्त्रालयका सचिवको सरुवा हुने चर्चा रहे पनि दुई सचिवको मात्रै निर्णय भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *