उद्योगहरूको काटिएको बिजुली जोड्न सरकारको निर्देशन, छानबिन समिति गठन – Nepal Press
डेडिकेटेड ट्रंकलाइन विवाद

उद्योगहरूको काटिएको बिजुली जोड्न सरकारको निर्देशन, छानबिन समिति गठन

काठमाडौं । सरकारले विद्युत प्राधिकरणले महशुल नतिर्ने ठूला उद्योगहरुको काटिएको बिद्युतलाई जोड्न निर्देशन दिएको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले डेडिकेटेड र ट्रंक लाइन महशुल विवाद छानबिन गरी प्रतिवेदन पेस गर्न समिति गठन गरेको हो ।

पूर्वन्यायाधीश गिरिशचन्द लालको नेतृत्वमा उद्योग र उर्जा सहसचिव रहेको तीन सदस्य समिति गठन गरेको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् ।


प्रतिक्रिया

One thought on “उद्योगहरूको काटिएको बिजुली जोड्न सरकारको निर्देशन, छानबिन समिति गठन

  1. व्यापारीसँग दाम खान सबै नाटक चलिरहेको थियो । भ्रष्टहरूले पैसा खाए, अब लाईन पनि जोडिन्छ र भरौटेहरूको समितिले तिर्नु नपर्ने भनेर सिफारिश गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *