क्रिकेटर सकिब बने बंगलादेशका सांसद, किन हाने समर्थकलाई थप्पड ? – Nepal Press

क्रिकेटर सकिब बने बंगलादेशका सांसद, किन हाने समर्थकलाई थप्पड ?

काठमाडौं । भर्खरै सम्पन्न भएको आम निर्वाचनबाट सांसद बनेका बंगलादेश क्रिकेट टिमका कप्तान शकिब अल हसनले एक समर्थकलाई थप्पड हानेका छन् ।

मतदान गर्न मतदान स्थल पुगेका शकिबले धक्का लागेको भन्दै समर्थकलाई गालामा थप्पड हानेका हुन् ।

भारतीय सञ्चारमाध्यम हिन्दुस्थान टाइम्सका अनुसार उक्त घटना २ दिनअघिको हो । निर्वाचनमा सहभागी भएका शकिब मतदान गर्न मतदान स्थल पुगेका थिए ।

उनीसँग सेल्फी र भिडियो खिच्नेको भिड हुन्छ । त्यही भिडमा पुगेका एक समर्थकबाट उनलाई पछाडिबाट धक्का लाग्छ र उनी फर्किएर उक्त समर्थकलाई गालामा थप्पड हानेको सार्वजनिक भएको भिडियोमा देख्न सकिन्छ ।

बंगलादेशमा आइतबार भएको आम निर्वाचनमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान शकिबले जित हासिल गरेका हुन् ।

मगुराको पश्चिमी सहरमा अवामी लिग पार्टीबाट उम्मेदवार बनेका शकिब १ लाख ५० हजार मतान्तरले विजयी भएका हुन् ।

शकिबले १ लाख ८५ हजार ३ सय ८८ र प्रतिद्वन्द्वी बंगलादेश कंग्रेसका रेजल हसनले ४५ हजार मत पाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर