जनमतले गठबन्धनलाई नमान्ने, मधेसमा रामशंकरलाई बनायो उम्मेदवार – Nepal Press

जनमतले गठबन्धनलाई नमान्ने, मधेसमा रामशंकरलाई बनायो उम्मेदवार

जनकपुरधाम । सत्ता गठबन्धनमै सामेल डा. सीके राउत नेतृत्वको जनमत पार्टीले पनि राष्ट्रियसभा सदस्यका लागि आफ्नै उम्मेदवार खडा गरेको छ ।

जनमतबाट धनुषाका रामशंकर महासेठले अन्य समूहबाट मनोनयन दर्ता गराएका छन् । उनको प्रस्तावकमा शम्भु साह र समर्थक सञ्जय यादव छन् ‌। प्रस्तावक र समर्थक दुवै प्रदेश सांसद हुन् ।

सत्ता गठबन्धनबाट जसपाकी पूजा चौधरी र कांग्रेसका आनन्द ढुंगानाले मनोनयन दर्ता गराएका छन् ।

जनमतले सत्ता गठबन्धनको भागबन्डामा एक सीट पनि नपाएपछि मधेस र लुम्बिनीमा आफ्नै उम्मेदवार अघि सारेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर