समस्याग्रस्त सहकारी व्यवस्थापन गर्न बागमती प्रदेश सरकारको तीन सदस्यीय समिति – Nepal Press

समस्याग्रस्त सहकारी व्यवस्थापन गर्न बागमती प्रदेश सरकारको तीन सदस्यीय समिति

हेटौंडा । बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारी संस्थाहरुको व्यवस्थापनका लागि ३ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ ।

आज साँझ बसेको बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले काठमाडौंका प्रशान्त अधिकारीको संयोजकत्वमा समस्याग्रस्त सहकारी संस्थाहरुको व्यवस्थापनका लागी तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो ।

समितिको सदस्यहरुमा काठमाडौंका यज्ञनाथ दाहाल र मकवानपुरका यतीराज सापकोटा रहेको बागमती प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।

बैठकले प्रदेशका विभिन्न स्थानमा कारागार र प्रहरी भवन संरचना सुधारका लागि ५ करोड बजेट ५६ लाख रुपैयाँ खर्च गर्न अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।

जनचेतनामूलक प्रचार सामग्री निर्माण प्रशारण तथा वितरण कार्यविधि २०८०, मौलिक चलचित्र निर्माण तथा प्रवर्द्धनमा सहयोग कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि-२०८०, द्वन्द्वपीडितका लागि सवलीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि २०८० समेत स्वीकृत गरेको छ ।

यस्तै मन्त्रिपरिषद् बैठकले प्रदेश सभा सदस्य गीता गुरुङका लागि हेयरिङ मेसिन खरिद गर्न स्वीकृत प्रदान गरेको छ । एक वडा एक कृषि पशुपन्छी तथा मत्स्यजन्य उत्पादन कार्यक्रम कार्यान्वयन कार्यविधि-२०८० स्वीकृत भएको छ ।

बागमती प्रदेशमा चालु रहेको एक विद्यालय एक नर्स सञ्चालन कार्यविधि दोस्रो संसोधन २०८०, गर्भवती तथा सुत्केरी अवस्थाका ज्यान जोखिममा परेका महिलाको निःशुल्क हवाई उद्धार सेवासम्बन्धी कार्यविधि २०८० र दुर्गम क्षेत्र चिकित्सक प्रोत्साहन तथा विस्तारित अस्पताल सेवा सञ्चालनसम्बन्धी कार्यविधि २०८० स्वीकृत गरिएको छ ।

 


प्रतिक्रिया

One thought on “समस्याग्रस्त सहकारी व्यवस्थापन गर्न बागमती प्रदेश सरकारको तीन सदस्यीय समिति

  1. समितिको नाममा भत्ता र खर्च गर्ने, अनावश्यक वील पेश गरेर लुटने बाहेक यसले केही काम गर्दैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *