शिक्षणको भाषा विद्यालयले नै छनोट गर्न पाउनुपर्ने व्यवस्थापन समिति महासंघको माग (भिडिओ) – Nepal Press

शिक्षणको भाषा विद्यालयले नै छनोट गर्न पाउनुपर्ने व्यवस्थापन समिति महासंघको माग (भिडिओ)

काठमाडौं । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले शिक्षणको भाषा सम्बन्धित विद्यालयको निर्णय बमोजिम गरिनुपर्ने बताएको छ ।

आइतबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा महासंघका प्रतिनिधिहरुले विद्यालय शिक्षा विधेयकको संशोधनको सम्बन्धमा धारणा राख्दै यस्तो बताएका हुन् । उनीहरुले प्रस्तावित विद्यालय शिक्षा विधेयकमा गणित, विज्ञान र कम्युटर अंग्रेजी भाषामा पढाउनुपर्ने उल्लेख गरिएको भन्दै सबै विद्यालयमा यो प्रावधान लागू गर्नु नहुने बताए ।

बैठकमा बोल्दै सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्ष गुणराज मोक्तानले विद्यालयमा कुन भाषामा शिक्षण गराउने भन्ने कुरा अभिभावकहरुसँगको सल्लाहमा विद्यालयले टुंग्याउनुपर्ने बताए ।

उनले भाषाका कारण गणित र विज्ञानमा विद्यार्थीहरुको सिकाइ कमजोर बन्ने अवस्था आउन दिनु नहुने बताए । उनले भाषाको विषय विद्यालय स्वयंले निर्णय गर्न पाउने व्यवस्था गर्नुपर्ने बताए ।

त्यस्तै, सरकारको अनुदानले पूर्णरुपमा विद्यालय सञ्चालन गर्न नपुगेको अवस्थामा अभिभावकहरुसँग आर्थिक साझेदारी गर्न सकिने व्यवस्था गर्नुपर्ने पनि बताए ।

विद्यालयको प्रधानाध्यापक गाउँपालिकाले नियुक्ति गर्नसक्ने व्यवस्था गर्नुपर्ने र नियुक्ति कार्यपालिकाले नगरी सोझै प्रमुख प्रशासकिय अधिकृतले गर्नसक्ने व्यवस्था गर्नुपर्ने बताए । कार्यपालिकाले प्रअ नियुक्ति गर्दा राजनीतिक हस्तक्षेप हुने उनको भनाइ छ ।

उनले विद्यालय व्यवस्थापन समितिको अध्यक्ष अभिभावकहरु मध्येबाटै तोकिनुपर्ने बताए । सामुदायिक विद्यालयहरुलाई सार्वजनिक विद्यालय नभनी सामुदायिक विद्यालय नै भनेर नामाकरण गर्नुपर्ने उनको भनाइ छ ।

यस्तो नाम राखिएमा समुदायले अपनत्व महसुस गर्ने उनले बताए । उनले विद्यालय व्यवस्थापन समितिसँगको परामर्शमा मात्रै शिक्षक सरुवा हुने व्यवस्था गर्नुपर्ने बताए । उनले ऐनमा विद्यालय व्यवस्थापन महासंघको पनि व्यवस्था हुनुपर्ने माग गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *