४ सीट माग्दा शेखर-गगनले पाएनन् देउवाबाट सकारात्मक जवाफ, कार्यसम्पादन बैठकअघि बेग्लै छलफलमा – Nepal Press
राष्ट्रियसभा चुनाव

४ सीट माग्दा शेखर-गगनले पाएनन् देउवाबाट सकारात्मक जवाफ, कार्यसम्पादन बैठकअघि बेग्लै छलफलमा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटवार्तापछि इतर पक्षका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाले आफूनिकट नेताहरुसँग छलफल गरेका छन् । पार्टीले राष्ट्रियसभामा पठाउने उम्मेदवारको विषयमा छलफल भएको सहमहामन्त्री जीवन परियारले बताए ।

उनले भने, ‘हामीले सामान्य छलफल गरेका हौं । उहाँहरूले सभापतिसँग भएको छलफलको कुरा ब्रिफिङ गराउनुभयो ।’

गठबन्धनबाट १९ मध्ये १० सीट पाएको कांग्रेसमा इतर पक्षले ४ सीट आफूले पाउनुपर्ने अडान राखेको छ । तर, सभापति देउवाले शेखर-गगन सँगको भेटमा सकारात्मक जवाफ नदिएको अर्का एक नेताले बताए ।

ती नेताले भने, ‘हामीले हाम्रो तर्फबाट न्यायोचित भागबन्डा हुनुपर्‍यो भनिरहेका छौं । अब कार्यसम्पादन समितिको बैठकमा पनि त्यही अनुसार प्रस्तुत हुन्छौं तर, सभापतिजीको सन्देश सकारात्मक पाएका छनौं ।’

देउवासँगको भेटमा शेखरले गत निर्वाचनमा हारेकाहरूलाई पनि राष्ट्रियसभामा नल्याउन ध्यानाकर्षण गराएको ती नेताले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर