संवैधानिक परिषदबाट प्रधानन्यायाधीश र उपसभामुखलाई बिदा गर्न रघुजी पन्तको प्रस्ताव (भिडिओ) – Nepal Press

संवैधानिक परिषदबाट प्रधानन्यायाधीश र उपसभामुखलाई बिदा गर्न रघुजी पन्तको प्रस्ताव (भिडिओ)

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद रघुजी पन्तले संवैधानिक परिषदबाट प्रधानन्यायाधीशलाई हटाउनुपर्ने प्रस्ताव राखेका छन् ।

संवैधानिक परिषद्को मुद्दालाई निष्पक्ष ढंगले सम्पादन गर्न प्रधानन्यायाधीशलाई बिदा गर्न आवश्यक रहेको उनको तर्क छ । आइतबार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धि ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको छलफलका क्रममा उनले प्रधानन्यायाधीश पटकपटक विवादास्पद बन्न पुगेकाले पनि संवैधानिक परिषदमा सामेल गर्नेकुरा उपयुक्त नहुने जिकिर गरे ।

प्रतिनिधिसभाका उपसभामुखलाई पनि परिषदबाट हटाउन उपयुक्त हुने पन्तको सुझाव छ । विगतमा दलीय प्रतिनिधित्वका लागि सो परिषदमा उपसभामुख राखेको भएपनि संसदीय अभ्यासले अब त्यसको आवश्यक्ता नदेखिएको उनले बताए ।

पन्तले थपे, ‘पटकपटक प्रधानन्यायाधीश विवादास्पद हुन पुगे । त्यसकारणले अब यसमा संशोधनको आवश्यकता भयो । किनभने मुद्दा छिन्नुपर्ने मान्छे ऊ परिषदमा सामेल भएपछि अब मुद्दा छिन्ने काम अब निष्पक्ष हुन्छ कि हुँदैन ? भन्ने प्रश्न पनि हो । यसमा न्यायपालिकाको अगाडि नैतिक संकट पनि आयो । के गर्ने ? आफ्नै प्रमुख समेत सामेल भएर निर्णय गरिएको कुरालाई उल्टयाउने कि कायम राख्ने ? अथवा विधि पुगेको छैन भने उल्ट्याउनु पनि पर्‍यो । संविधान संशोधन गर्नुपर्ने आवश्यक्ता भयो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर