बरहथवामा रोकिएन आन्दोलन, भोलि बिहानसम्म थपियो कर्फ्यू – Nepal Press

बरहथवामा रोकिएन आन्दोलन, भोलि बिहानसम्म थपियो कर्फ्यू

जनकपुरधाम । सर्लाहीको बरहथवामा शुक्रबार प्रहरीको गोली लागेर मृत्यु भएका यूवा व्यवसायी जयशंकर साहको आफन्त र स्थानीयले आन्दोलन नरोकेपछि अवस्था फेरि नतावग्रस्त बनेको छ ।

आज बिहानैदेखि मृतकका आफन्त र स्थानीय सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । ड्रमले बनाएको ब्यारिकेटहरू प्रदर्शनकारीले हटाउन लाग्दा प्रहरीले पाँच सेल अश्रुग्यास प्रहार गरेको छ । अहिले प्रदर्शनकारी तितर-बितर भएका छन् ।

बजार र यातायात बिहानैदेखि बन्द छ । पीडित परिवारलाई प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले वार्ताका लागि बोलाएका छन् । अहिले वार्ता चलिरहेको छ ‌।

प्रशासनले भने बरहथवा क्षेत्रमा भोलि बिहान ८ बजेसम्मका लागि कर्फ्यूको समय थपेको छ ।

प्रजिअ धमलाद्वारा जारी आदेशमा भनिएको छ, ‘बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने विषयलाई लिएर बरहथवा नगरपालिका क्षेत्रमा विरोध प्रदर्शनका कारण सार्वजनिक तथा नीजि सम्पति र संरचनामा भएको तोडफोड, आगजनी तथा हुलदंगा लगायतका कारण सार्वजनिक शान्ति सुरक्षा भंग हुन सक्ने अवस्था देखिएकोले सम्भावित जोखिमलाई मध्यनजर गर्दै कर्फ्यू आदेश जारी गरिएको छ ।’


प्रतिक्रिया

One thought on “बरहथवामा रोकिएन आन्दोलन, भोलि बिहानसम्म थपियो कर्फ्यू

  1. लोकतान्त्रिक नेपालीको नयाँ लोकतन्त्र बोल्यो वा चल्यो कि तातो गोलि खायो।थुक्क लोक्तन्त्र यहि हो जनताको स्वोतन्त्रता ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *