हेटौँडामा बुवाद्वारा ४ वर्षीया छोरीमाथि निर्मम यातना – Nepal Press

हेटौँडामा बुवाद्वारा ४ वर्षीया छोरीमाथि निर्मम यातना

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ सिँचाइटोल डेरा गरेर बस्ने एक जनाले आफ्नो साढे ४ वर्षकी छोरीलाई निर्मम यातना दिएका छन् ।

महोत्तरी एकडाँडा–३ का रामजी मण्डलले आफ्नी साढे ४ वर्षकी नाबालिग छोरीमाथि निर्मम यातना दिएका हुन् ।छोरीमाथि निर्मम यातना दिने २७ वर्षीय मण्डललाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ ।

साढे ४ वर्षकी छोरीको हात, गालामा टोकेर गहिरो घाउ बनाउने, कान टोक्ने, आँखामा खुर्सानीको धुलो हाल्ने गरेको स्थानीय छिमेकीले देखेपछि बाल हेल्प लाइनको सहयोगमा मण्डललाई पक्राउ गरिए जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले बताए । मण्डलको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

मण्ललले नाबालिग सहित श्रीमतीलाई पनि नियमित यातना दिने गरेको थाहा पाएपछि आफूहरूले उनको डेरामा अनुगमन गर्दा बाबुको यातनाबाट गम्भीर अवस्थामा रहेको नाबालिगलाई उद्धार गरेको सिवन बाल हेल्प लाइन मकवानपुरका प्रबन्धक झविन्द्र ज्ञवालीले बताए । आफ्नै बाबुद्वारा नाबालिगमाथि अत्यन्तै क्रूर यातना भएको पाइएपछि प्रहरीको सहयोगमा मण्डलाई पक्राउ गरिएको उनको भनाई रहेको छ ।

एक महिना अघि मात्र हेटौँडामा डेरा गरी बस्न आएका मण्डलले श्रीमतीलाई पनि नियमित यातना दिने गरेको पाइएको उनको भनाई रहेको छ । आफूहरूले मण्डललाई प्रहरीको जिम्मा लगाएर बालिगको हेटौँडा अस्पतालमा उपचार भइरहेको उनको भनाई रहेको छ ।

आफूलाई सब ओभरसियर बताउने मण्डलले अबोध बालिकामाथि किन यातना दिए भन्ने विषय अझै नखुलेको बताउँदै उनले प्रहरीले सो बारे अनुसन्धान गरिरहेकोले सत्य तथ्य आउनेमा आफूहरू विश्वस्त रहेको बताए ।


प्रतिक्रिया

One thought on “हेटौँडामा बुवाद्वारा ४ वर्षीया छोरीमाथि निर्मम यातना

  1. नाबालिगहरु कुट्ने यस्ता नाथेहरुलाई कडा भन्दा कडा कारवाही हुन जरुरी छ जै नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *