गठबन्धन बैठकमा हानथाप, कुन दलको कति सीटमा दाबी ? – Nepal Press

गठबन्धन बैठकमा हानथाप, कुन दलको कति सीटमा दाबी ?

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धन दलहरूको बैठक ४ घण्टादेखि जारी रहेको छ ।

राष्ट्रियसभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न बसेको बैठकमा दलहरूले आ-आफ्ना दाबी राखेका छन् । अहिलेसम्म सहमति जुट्न सकेको छैन ।

बैठकमा सहभागी एक नेताका अनुसार नेपाली कांग्रेसले ११ सीटमा दाबी गरिरहेको छ । यस्तै नेकपा माओवादीले ५ र नेकपा एसले ३ सीटमा दाबी गरिरहेको ती नेताले बताए ।

यसै गरी जनता समाजवादी पार्टीले २ सीटमा पाउनुपर्ने दाबी राख्दा, सीके राउत नेतृत्वको जनमत पार्टी, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टी र लोसपाले १-१ सीटको दाबी गरेका छन् ।

अहिले बैठक स्थलबाट भने चित्रबहादुर केसी, सीके राउत र महन्थ ठाकुर निस्किसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर