सत्ता गठबन्धनको उन्मादका कारण बरहथवामा युवकको ज्यान गएको योगेशको आरोप – Nepal Press

सत्ता गठबन्धनको उन्मादका कारण बरहथवामा युवकको ज्यान गएको योगेशको आरोप

एमाले सचिव योगेश भट्टराई भन्छन्- परिस्थिति सरकारको कमाण्डभन्दा बाहिर गइसक्यो, देशलाई सही मार्गमा फर्काउन नयाँ कोर्सबारे बहस गरौँ

काठमाडौं । नेकपा एमालेका सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईले सर्लाहीको बरहथवामा सत्ता गठबन्धनका मान्छेहरूको अराजकतापूर्ण उन्मादका कारण एक युवाको ज्यान गएको आरोप लगाएका छन् ।

भट्टराईले शनिवार विज्ञप्ति जारी गर्दै सत्ता उन्मादका कारण गठबन्धनका कार्यकर्ताले बरहथवामा अराजकतापूर्ण क्रियाकलाप गरेको बताएका छन् ।

उनले हालै बालकुमारी ललितपुर हत्याकाण्डको समेत सन्दर्भ जोड्दै परिस्थिति सरकारको कमान्डभन्दा धेरै टाढा पुगिसकेको बताएका छन् ।

भट्टराईले भनेका छन्- सर्लाहीको बरहथवामा सत्ता गठबन्धनका मानिसहरूको अराजकतापूर्ण क्रियाकलाप र सत्ता उन्मादका कारण होनहार एक युवाले जीवन गुमाउनु पर्‍यो । ललितपुरको वालकुमारीमा सरकार कै नालायकीका कारण दुई होनहार युवाको ज्यान गयो । परिस्थिति सरकारको कमान्डभन्दा धेरै टाढा पुगिसक्यो । सरकारको अयोग्यताका कारण लोकतन्त्र जस्तो सर्वस्वीकार्य व्यवस्थामाथि अराजकतावादी र पश्चगामीहरूले धावा वोल्ने दुष्प्रयत्न गर्दैछन भने नेपाल राष्ट्रलाई कमजोर बनाएर विभिन्न शक्तिहरूले फाइदा लिन खोज्दैछन ।

एमाले नेता भट्टराईले बिग्रँदो परिस्थितिलाई सही मार्गमा फर्काउन र राष्ट्रिय स्वाभिमान जोगाउन नयाँ कोर्षका बारेमा पहल लिने बेला आएको समेत बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर