डेडिकेटेड र ट्रंक लाइनबीचको विवाद समाधान गर्न न्यायिक आयोग बनाऔँः अध्यक्ष ढकाल (भिडिओ) – Nepal Press

डेडिकेटेड र ट्रंक लाइनबीचको विवाद समाधान गर्न न्यायिक आयोग बनाऔँः अध्यक्ष ढकाल (भिडिओ)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी व्यवसायी र नेपाल विद्युत प्राधिकरण बीचको विवाद समाधानका लागि न्यायिक आयोग बनाउन माग गरेका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले उद्योगी व्यवसायी र नेपाल विद्युत प्राधिकरण बीचको डेडिकेटेड र ट्रंक लाइनबीचको विवाद समाधान तत्काल नगरे उद्योग व्यवसायमा ठूलो असर पर्ने बताउनु भयो । उहाँले यसको समाधान सरकारका सम्बन्धित निकायहरुले गर्नुपर्ने र नसके सरकारले यसको पहलकदमी लिएर समस्या समाधान गर्नुपर्ने बताए ।

उनले भने, ‘अहिले खास गरेर उद्योगी व्यवसायी र नेपाल विद्युत प्राधिकरण बीचको विवाद जुन लामो समयदेखि रही आएको छ, यो करिव दुई हप्ता भइसकेको छ । यो अब उद्योग वाणिज्य महासंघले शुरुमा नै एक्जिस्टिङ मेकानिजम चाहे अर्धन्यायिक इकाय, एनइए, एआरसी, मन्त्रालय भनौँ, अथवा अन्य कुनै निकायबाट यदी सोलुशन हुनसक्छ भने त्यो सोलुशन गर्नुपर्छ । यदी सम्भावना छैन भने र उद्योगी र प्राधिकरणबीच विवाद भएर लामो समय जाने हो भने एउटा न्यायिक हिसावको आयोग बनाएर त्यसलाई सेग्रिकेट गरेर कुनकुन कतिपय इस्युहरु भन्नुभएको छ । प्रमाण भए तिर्छौं भन्नुभएको छ, लोडसेडिङ अघि र पछिका कुराहरु पनि छन् । ट्रान्समिसन लाइन ट्रान्सफर गरेको कारणबाट छ । यसले के देखाउँछ भने यो सबैलाई एकै ठाउँमा राखेर हेरिएको छ । हाम्रा एग्जिस्टिङ भएका निकायहरुबाट यदी समाधान हुन्छ भने गरौँ, होइन भने न्यायिक आयोग गठन गरौँ । तत्काल यसको समाधान गर्नुपर्छ ।’

अध्यक्ष ढकालले डेडिकेटेड र ट्रंकलाइन विवादले नेपाल विद्युत प्राधिकरणले उद्योगहरुको लाइन काट्दा ८५ हजार जनाको रोजगारीको अवसर गुमाएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर