बैशाखयता भरतपुर महानगरका करिब ४ सयले लिए श्रम स्वीकृति – Nepal Press

बैशाखयता भरतपुर महानगरका करिब ४ सयले लिए श्रम स्वीकृति

चितवन । सरकारले स्थानीय तहबाट श्रम स्वीकृति दिने व्यवस्था गरेयता चितवनको भरतपुर महानगरपालिकाबाट करिब ४ सय जनाले श्रम स्वीकृति लिएका छन् ।

सरकारले मन्त्रीस्तरको निर्णयबाट गत बैशाख १ गतेदेखि लागु हुने गरि देशभरका स्थानीय तहले अनलाइन प्रणालीबाट श्रम स्वीकृति दिने व्यवस्था गरेको थियो । त्यसयता भरतपुर महानगरबाट ३ सय ९३ जनाले श्रम स्वीकृति लिएका भरतपुर महानगरको रोजगार सेवा केन्द्र सन्देश वाग्लेले जानकारी दिए ।

उनका अनुसार ३ सय ९३ मध्ये १९ जना महिला र ३ सय ७४ जनाले श्रम स्वीकृति लिएका हुन् । महानगरबाट साउदी अरेबिया, कतार, युएइ, जापान, ओमान, बहराइन, मलेसिया, कुवेत, क्यानडा, माल्दिभ्स, हङकङ, मकाउ, अमेरिका,रोमेनिया, कोरिया, साइप्रस, सिसेल्स लगायतका देशको लागि श्रम स्वीकृति लिएका पनि वाग्लेले जानकारी दिए ।

नेपाल सरकारले विश्वका १ सय ४४ देशमा श्रम स्वीकृतिको व्यवस्था गरेको छ । ति देशमा काम गर्न जान आर्थिक वर्ष ०७९/८० मा मात्रै ७ लाख ७१ हजार ३२७ ले श्रम स्वीकृति लिएका वैदेशिक रोजगार विभागको तथ्यांक छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *