ललितपुरमा सीडीओको जिम्मेवारी श्रेष्ठ र प्रहरी प्रमुखको जिम्मेवारी खनाललाई – Nepal Press

ललितपुरमा सीडीओको जिम्मेवारी श्रेष्ठ र प्रहरी प्रमुखको जिम्मेवारी खनाललाई

काठमाडौं । गृह मन्त्रालयले ललितपुरमा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को जिम्मेवारी सहसचिव तुलसीबहादुर श्रेष्ठलाई दिएको छ भने प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनाललाई दिएको छ ।

उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयमा आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका श्रेष्ठलाई ललितपुरमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको हो ।

यस्तै प्रहरी प्रधान कार्यालयमा कार्यरत एसएसपी खनालाई ललितपुरमा प्रहरी प्रमुखको जिम्मेवारी दिएको उपप्रधान एवम गृहमन्त्रीका प्रेस सल्लाहकार कमल गिरीले नेपाल प्रेसलाई जानकारी दिए ।

केहि दिन अघि ललितपुरको बालकुमारीमा ईपीएसको परीक्षालाई लिएर भएको आन्दोलनका क्रममा दुई जनाको मृत्यु भएपछि गृह मन्त्रालयले ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई गृह मन्त्रालय र प्रहरी प्रमुख सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालय तानेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *