चेतनको हत्यामा संलग्नलाई साधारण तारेखमा छोडेको विरोधमा अनेरास्ववियुकाे प्रदर्शन (तस्बिरहरु) – Nepal Press

चेतनको हत्यामा संलग्नलाई साधारण तारेखमा छोडेको विरोधमा अनेरास्ववियुकाे प्रदर्शन (तस्बिरहरु)

काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले चेतन अयडीको हत्यामा संलग्नलाई सर्वोच्च अदालतले साधारण तारेखमा छोडेको विरोधमा प्रदर्शन गरेको छ ।

संगठनले राजधानीको अस्कल क्याम्पसलगायत क्षेत्रमा प्रदर्शन गरेको हो । प्रदर्शनमा ‘चेतन अयडीलाई न्याय दे’, ‘ज्यानमारा सरकार मुर्दावाद’, ‘हत्यारालाई पोस्ने कालो कांग्रेस मुर्दावाद’, ‘जस्टिस ह्वाट ह्वी निड’ जस्ता नारा लगाइएको थियो ।

उनीहरुले आजै साँझ मसाल जुलुस पनि निकालेका छन् ।

जिल्ला र उच्च अदालतले अयडीको हत्यामा संलग्नलाई दोषी ठहराएको थिया भने आज सर्वोच्चले उनीहरुलाई साधारण तारेखमा छोड्ने आदेश दिएको थियो ।

अदालतका न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र अब्दुल अजिज मुसलमानको इजलासले जुद्धबहादुर अयडी, चक्रबहादुर अयडी, विनोदबहादुर अयडी, भूपाल अयडी, रुपा चौधरी अयडी र रनसिंह बहादुर अयडीलाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर