‘शिप बिल्डिङ’ मा सहभागी साढे २० हजारले ‘मेन्युफ्याक्चरिङ’को भरे आवेदन, आज अन्तिम म्याद – Nepal Press

‘शिप बिल्डिङ’ मा सहभागी साढे २० हजारले ‘मेन्युफ्याक्चरिङ’को भरे आवेदन, आज अन्तिम म्याद

काठमाडौं । ‘शिप बिल्डिङ सेक्टर’तर्फ आवेदन दिएका २० हजार बढीले ‘मेन्युफ्याक्चरिङ सेक्टर’मा पनि आवेदन भरेका छन् ।

आवेदन दिने अन्तिम दिन आज शुक्रबार ५ बजेसम्म ‘शिप बिल्डिङ सेक्टर’तर्फ परीक्षा दिएका २० हजार ५०० जनाले ‘मेन्युफ्याक्चरिङ सेक्टर’मा पनि आवेदन भरेका हुन् ।

ललितपुरको ग्वार्कोस्थित ईपीएस कोरिया शाखाले गत पुस १५ गतेदेखि यसअघि ‘शिप बिल्डिङ सेक्टर’तर्फ परीक्षा दिइसकेकालाई पनि ‘मेन्युफ्याक्चरिङ सेक्टर’ तर्फ पनि आवेदन भर्न दिएको थियो । शाखाले आवेदन भर्न सुरुमा पुस १८ गतेसम्म दिएको म्याद आजसम्मलाई थप गरेको थियो ।

अब ‘मेन्युफ्याक्चरिङ’तर्फ यसअघि आवेदन भरिसकेका १ लाख ४३ हजार बढीलाई जोड्दा करिब १ लाख ६५ हजार जना कोरिया भाषा परीक्षामा सहभागी संख्या पुगेको छ ।

गत असारमा कोरिया जान खुलेको ‘शिप बिल्डिङ सेक्टर’ मा ३५ हजार ४६७ जनाले आवेदन दिएका थिए । जसमा करिब १२ हजारमात्रै पास भएका थिए । त्यसमध्ये पनि ४ हजार ९८ मात्रै ‘शिप बिल्डिङ सेक्टर’ का लागि छनोट भएका थिए । बाँकी करिब ३० हजारले सन् २०२३ भित्र अन्य क्षेत्रका लागि आवेदन दिन नमिल्ने ईपीएस शाखाले बताउँदै आएको थियो ।

तर, ईपीएस विवादले उग्र रुप लिएपछि उच्च अदालत पाटनले ‘शिप बिल्डिङ’ मा आवेदन दिएकालाई पनि सन् २०२३ को अन्तिमतिर खुलेको ‘मेन्युफ्याक्चरिङ’ तर्फ आवेदन भर्न दिन आदेश दिएको थियो । सोही आदेशपछि शाखाले आवेदन स्वीकार गरेको थियो ।

ईपीएस कोरिया शाखाले आज राति १२ बजेसम्म अन्तिम आवेदनको समय तोकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर