त्रिविको उपकुलपति नियुक्तिका लागि आह्वान भएको दरखास्तको बुँदा ‘ङ’प्रति अनेरास्ववियुको आपत्ति – Nepal Press

त्रिविको उपकुलपति नियुक्तिका लागि आह्वान भएको दरखास्तको बुँदा ‘ङ’प्रति अनेरास्ववियुको आपत्ति

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वानमा आफूहरुले उठाउँदै गरेका मागहरुलाई बेवास्ता गरेको भन्दै आपत्ति जनाएको छ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका खुला प्रतिस्पर्धा मार्फत गरिने भनि आवेदन माग गरेकोमा अनेरास्ववियुको गम्भिर ध्यानाकर्षण गरेको हो।

अनेरास्ववियुका अध्यक्ष समिक बडालले विज्ञप्ति जारी गर्दै वर्तमान शासकीय स्वरुप अनुरप प्रधानमन्त्री कुलपति र शिक्षा मन्त्री सहकुलपति हुने प्रणाली अन्त्य नगरी त्रि।वि।मा राजनीतिक भागबण्डा अन्त्य नहुने उल्लेख गरेका छन्।

प्राज्ञिक स्वायत्तता कायम गर्न स्वतन्त्र, निष्पक्ष निकायको रुपमा “बोर्ड अफ ट्रस्टी” गठन गरेर सोही मार्फत खुला प्रतिस्पर्धाबाट प्राज्ञिक व्यक्तिहरुलाई कुलपति लगायत पदाधिकारी नियुक्त गर्नुपर्ने अनेरास्ववियुको माग छ।

विज्ञप्तिमा भनिएको छ, प्रकाशित सुचनाको बुँदा नं।(ङ) को विश्वविद्यालयको पदाधिकारी मध्ये कुनै एक पदमा ३ बर्ष काम गरेकोले आवेदन दिन पाउने भन्ने प्रावधानले योग्य व्यक्तिहरुलाई खुला प्रतिस्पर्धाबाट बञ्चित गराउने र पुनः विश्वविद्यालयमा राजनीतिक स्वार्थ हावी हुन दिने वर्तमान गठबन्धन सरकारको मनशाय रहेको स्पष्ट हुन्छ । यस घटनाक्रमले प्रधानमन्त्रीको त्रिभुवन विश्वविद्यालय सुधार गर्ने भन्ने अभिव्यक्ति जनताको आँखामा छारो हाल्ने काम मात्र भएको प्रमाणित भएको छ ।

देशको विग्रदो उच्च शिक्षाको अवस्था सुधार गर्न र राजनीतिक खिचातानीले ग्रस्त त्रिभुवन विश्वविद्यालयको प्राज्ञिक स्वायत्तता कायम गर्न वर्तमान शासकीय स्वरुप परिवर्तन गरेर “बोर्ड अफ ट्रस्टी” मार्फत त्रिभुवन विश्वविद्यालय सञ्चालन गर्न माग गरेको छ।

प्रधानमन्त्री कुलपति तथा शिक्षा मन्त्री सहकुलपति हुने प्रणाली अन्त्य गरी प्राज्ञिक व्यक्तिलाई कुलपति लगायत पदाधिकारी नियुक्त गर्नका लागि त्रिवि ऐन संशोधन लगायत आवश्यक व्यवस्था गर्न सरकारलाई दबाब सिर्जना गर्ने शैक्षिक आन्दोलनमा साथ दिन आह्वान गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर