विदेशमा राम्रो काम नदिएको भन्दै दुई मेनपावर व्यवसायीमाथि आक्रमण, कारबाही गर्न संघको माग – Nepal Press

विदेशमा राम्रो काम नदिएको भन्दै दुई मेनपावर व्यवसायीमाथि आक्रमण, कारबाही गर्न संघको माग

काठमाडौं । विदेश पठाएर राम्रो काम नदिएको भन्दै पीडितहरुले दुई मेनपावार व्यवसायीमाथि आक्रमण गरेका छन् । अलर्ट ओभरसिज प्रालि र बोन मेनपावर प्रालिका सञ्चालकमाथि आक्रमण भएको हो ।

पीडित संघको नाममा आएको एक समूहले आक्रमण गरेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ । संघले विदेश पठाएर राम्रो काम नदिएको भन्दै मेनपावर व्यवसायीमाथि भएको आक्रमणको विरोध गर्दै आक्रमणमा संलग्न व्यक्तिहरुलाई कारबाही गर्न माग गरेको छ ।

‘वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्दा कुनै समस्या आए, व्यवसायीबाट कुनै गल्ती कमी-कमजोरी भए, त्यसउपर वैदेशिक रोजगार विभागमा उजुरी गर्न सकिने व्यवस्था छ । क्षतिपूर्ति दिनुपर्ने भए क्षतिपूर्ति दिने व्यवस्था छ । कामदारलाई नेपाल झिकाउनुपर्ने भए कामदार झिकाउन लगाउने जस्ता काम कारबाही वैदेशिक रोजगार विभागले गर्ने व्यवस्था रहेको छ । वैदेशिक रोजगार ऐन कानूनले चिन्दै नचिनेको संस्थाको अध्यक्ष वा प्रतिनिधि हुँ भनी आक्रमणमा संलग्न व्यक्तिहरुउपर कठोर कानूनी कारबाही गर्न गृह प्रशासनसमक्ष जोडदार माग गरिन्छ’, संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो समय मेनपावर व्यवसायीमाथि कुटपिट र आक्रमणको घटना बढ्दै गएकाले व्यवसाय सञ्चालन गर्न नै समस्या परेको संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर