कर्णाली बनाउने वा बिगार्ने राजनीतिकर्मी कै हातमा छ: उपप्रधानमन्त्री खड्का (भिडिओ) – Nepal Press

कर्णाली बनाउने वा बिगार्ने राजनीतिकर्मी कै हातमा छ: उपप्रधानमन्त्री खड्का (भिडिओ)

सुर्खेत। उपप्रधान एवम् रक्षामन्त्री पूर्ण बहादुर खड्काले कर्णाली प्रदेशलाई समृद्ध बनाउने वा बिगार्ने जिम्मेवारी राजनीतिकर्मीको हातमा रहेको बताएका छन् ।

शुक्रबारदेखि वीरेन्द्रनगरमा सुरु भए भएको ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै मन्त्री खड्काले जनताको साथ लिएर सम्पूर्ण तागत प्रयोग गरेर राजनीतिकर्मीहरुबीच एकताबद्ध भएर विकासको गतिलाई अगाडि बढाउन आवश्यक रहेको बताए ।

उनले भने,‘नेतृत्व लिने कुरा महत्वपूर्ण होइन । हाम्रा विगत जनतालाई थाहा छ । हाम्रो कमजोरीलाई स्वीकारेर नयाँ संकल्प र विश्वासका साथ राजनीतिक आस्था फरक फरक भएपनि प्रदेश बनाउनका लागि न्यूनतम समझदारी हुनुपर्छ।’

प्राथमिकतामा कुनै तलमाथि भएपनि कर्णालीको जलस्रोत, उपयोग, सडक, मैदान, विकास निर्माणमा कुनै विवाद नभएको जनाए ।
‘जस्रोतको उपयोग गर्न लगिनिकर्तासँग समझदारी भइरहेका जानकारी दिए । लगानीकर्ताको लागि बिक्री बजारको सुनिश्चितता हुनेगरी काम भएका छन् उनले भने, ‘यसले उन्नति प्रगतिको विश्वास लिइएको छ।’

दशौँ राष्ट्रिय खेलकुद आयोजना गर्ने जिम्मेवारी पाएको कर्णालीमा यसका लागि सबै एकताबद्ध भएर सम्पन्न हुनुपर्ने बताए ।

खेलकुदका अन्य सम्भावनालाई पनि उजागर गर्नुपर्ने उनको भनाइ छ । उनले रंगशाला निर्माण हुनु संघीय सरकारका तर्फबाट धन्यवाद ज्ञापन गरे । खेल सम्बन्धी भौतिक निर्माणका लागि सङ्घीय सरकारले बजेट व्यवस्थापन गर्ने बताए ।

खेल मैदान बनाउन सरकारहरू लाग्न पर्दछ। त्यसका लागि सङ्घीय सरकारका तर्फबाट प्रतिबद्धता जनाए । भलिबल प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमको सहभागीता रहेको छ ।नेपाल भलिबल सङ्घको आयोजनामा पुस २० गते शुक्रबार देखि २६ गतेसम्म प्रतियोगिता सञ्चालन हुने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर