सिद्धि खोला जलविद्युत आयोजना निर्माण गर्न सिटिजन्स बैंकको कर्जा सम्झौता सम्पन्न – Nepal Press

सिद्धि खोला जलविद्युत आयोजना निर्माण गर्न सिटिजन्स बैंकको कर्जा सम्झौता सम्पन्न

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको एकल ऋण लगानीमा १० मेगावाटको सिद्धि खोला जलविद्युत आयोजना निर्माण गर्न कर्जा सम्झौता सम्पन्न भएको छ ।

बिहिबार प्रवद्र्धक कम्पनी र बैंकबीच बैंकका प्रमुख–कन्र्सोटियम/ इन्फ्रास्ट्रक्चर बैंकिङ युनिटका रोशन मल्ल र कम्पनीका प्रबन्ध संचालक सन्तोश राज नेपालले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

परियोजनाको अनुमानित लागत करिब १ अर्ब ७३ करोड (निर्माण अवधिको व्याज बाहेक) मा बैंकले ७५ अनुपाल २५ को ऋण स्वपुँजी अनुपातमा १ अर्ब २९ करोड बराबरको ऋण लगानी गर्नेछ । भने, निर्माण अवधिको ब्याजसहित बाँकी लागत प्रवद्र्धकहरुबाट स्वपुँजी जुटाइने छ ।

आयोजनाले आगामी २.५ वर्ष भित्र निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ । कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ८.८०५ गिगावाट घण्टा र बर्षामा ४६.९११ गिगावाट घण्टा गरी बार्षिक ५५.७१६ गिरावाट घण्टा विद्युत उत्पादन गरिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर