कांग्रेस सांसदले कब्जा गरेको जग्गा फिर्ता र भाडा माग्दै नेपाल स्काउटले गुहार्‍यो संसदीय समिति – Nepal Press

कांग्रेस सांसदले कब्जा गरेको जग्गा फिर्ता र भाडा माग्दै नेपाल स्काउटले गुहार्‍यो संसदीय समिति

काठमाडौैं । नेपाली कांग्रेसका सांसद तथा पूर्व मन्त्री दीपक खड्काले नेपाल स्काउटको स्वामित्वमा रहेको जग्गा हडपेर भाडा उठाइरहेको भन्दै संसदीय समितिमा जग्गा खाली गराउन उजुरी परेको छ ।

नेपाल स्काउटले आफ्नो स्वामित्वमा रहेको जग्गा जमिन हडपेको भन्दै त्यो खाली गराउन र ५ करोड ४१ लाख रुपैयाँ भाडा उठाइदिन भन्दै राज्य व्यवस्था तथा सुशासन समितिको सहयोग मागेको हो ।

राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई स्काउटका प्रशासकीय अधिकृत सन्तोष चौहानले पत्र लेखेर सांसदबाट जग्गा खाली गराई भाडा उठाइदिन सहयोग मागेका हुन् ।

याे पनि पढ्नुस्: राज्यको सम्पत्तिमा पूर्वमन्त्रीको कब्जा, यसरी गर्दैछन् स्काउटको जग्गामा व्यापार

खड्काले भवन र जग्गा प्रयोग वापतको तिर्नुपर्ने ५ करोड ४१ लाख ७० हजार ३१४ रुपैयाँ उठाइदिन स्काउटले राज्य व्यवस्था तथा सुशासनसँग आग्रह गरेको जनाएको छ ।

नेपाल स्काउट र खड्काले सञ्चालन गरेको खड्काल्याण्ड डेभलपेन्ट प्रालिका बीचमा २०६५ सालमा १० वर्षका लागि जग्गा भाडामा दिने सहमति भएको थियो । २०७५ सालमा सम्झौता सकिए पनि फर्जी कागजात बनाएर खड्काले थप पाँच वर्ष सम्झौताको म्याद बढाएको स्काउटको आरोप छ ।

उच्च अदालत पाटनले दिएको आदेशलाई खड्का स्वामित्वको कम्पनीले पालना नगरेको राज्यव्यवस्था समितिलाई लेखिएको पत्रमा उल्लेख छ । स्थान खालि गराउन सहयोग गर्नुपर्ने अधिकार प्राप्त निकायहरुबाट पत्राचार गरिएको लगभग एक वर्ष पुग्दासम्म पनि कुनै प्रभावकारी भूमिका निर्वाह भएको स्काउटले पत्रमा लेखेको छ ।

स्काउको स्वामित्वमा रहेको लैनचौरको जग्गामा खड्काले पार्टी प्यालेस, रेष्टुरेष्न्ट, गाडी सोरुमलगायत व्यापार व्यवसाय गर्दै आएका छन्


प्रतिक्रिया

One thought on “कांग्रेस सांसदले कब्जा गरेको जग्गा फिर्ता र भाडा माग्दै नेपाल स्काउटले गुहार्‍यो संसदीय समिति

  1. स्काउटको जग्गा र भवन गैरकननूनीरूपमा कब्जा गर्ने लुटेरालाई शिवपुरीभित्र होटल खोल्न दिने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर