सन्दीपको सजाय निर्धारणपछि मात्र क्यानले औपचारिक निर्णय गर्ने (भिडिओ) – Nepal Press

सन्दीपको सजाय निर्धारणपछि मात्र क्यानले औपचारिक निर्णय गर्ने (भिडिओ)

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पुस २५ गतेपछि मात्र सन्दीप लामिछानेबारे औपचारिक निर्णय गर्ने बताएको छ ।

क्यान सचिव पारस खड्काले सन्दीपलाई हुने कैद सजायपछि मात्र उनी राष्ट्रिय टीममा रहने/नरहनेबारे औपचारिक धारणा सार्वजनिक हुने बताए । जिल्ला अदालत काठमाडौंले बलात्कारमा दोषी ठहर्‍याएको थियो । पुस २५ गते सन्दीपमाथि हुने कैद सजाय सुनाउँदैछ । उनको सजाय निर्धारण भने भइसकेको छैन । पुस २५ गते काठमाडौं जिल्ला अदालतले सजाय तोक्ने छ ।

‘हाम्रो लयरले सन्दीपको लयरसँग कुराकानी गर्दा क्यानले अहिले अफिसियल स्टेटमेन्ट निकाल्नुभन्दा पहिला उनीमाथी हुने कैद सजाय के कति हुन्छ भन्ने भएपछि मात्र म र अध्यक्षबीच कुरा हुँदा औपचारिक स्टेटमेन्ट दिने कुरा भएको छ’, पारसले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर