सत्ता गठबन्धनको बैठक आज पनि बस्दै – Nepal Press

सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजेका लागि बैठक बोलाइएको हो ।

राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाँटका लागि अहिले गठबन्धन दलका शीर्ष नेताहरू निरन्तर छलफलमा छन् । बुधवार प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग पनि शीर्ष नेताहरूले छलफल गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले एमालेलाई पनि सीट दिएर जानुपर्ने प्रस्ताव राखेपछि गठबन्धनमा केही असन्तुष्टि बढेको छ ।

राष्ट्रियसभामा खाली हुने सिटमा यसअघि दलले लिएका सिट सोही सत्तारूढ दलले लिने सहमति लगभग भएको छ । एमालेको खाली ९ सिट कसरी मिलाउने भन्नेमा दलहरू अहिले छलफलमा छन् ।

राष्ट्रियसभामा एमालेलाई के गर्ने भन्ने विषयमा पनि दलहरुबीच छलफल हुने बुझिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर