गठबन्धनको बैठकमा प्रचण्डको ब्रिफिङ- ओलीजीले राष्ट्रियसभामा हामीलाई जिरो गरेर नजानुस् भन्नुभयो (भिडिओ) – Nepal Press

गठबन्धनको बैठकमा प्रचण्डको ब्रिफिङ- ओलीजीले राष्ट्रियसभामा हामीलाई जिरो गरेर नजानुस् भन्नुभयो (भिडिओ)

काठमाडौंं । सत्ता गठबन्धनको बैठकमा एमालेलाई पनि राष्ट्रियसभामा समेट्ने विषयमा छलफल भएको छ । गठबन्धन र लगत्तै एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले एमालेको प्रस्तावबारे जानकारी गराएको बताए ।

बैठकपछि नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेले भने, ‘ओलीजीले प्रधानमन्त्रीलाई हामीलाई जिरो गरेर नजानुस् भन्नुभयो । त्यसपछि हामीले उहाँहरुको खास प्रस्ताव के हो ? भन्ने कुरा बुझेर मात्रै टुंग्याउँछौं ।’

एमालेलाई पनि समेटर जान माओवादी र कांग्रेस सहमत भएको विषयमा पत्ररकारले प्रश्न गर्दा पाण्डेले यो ‘सशर्त’ हुन सक्ने बताए ।

उनले भने, ‘उहाँहरु सहमत भनेको कन्डिसनल हो । यत्ति बुझ्नुस कन्डिसनल भनेको के हुन्छ रु यसो गरेमा यसो गर्ने भन्ने हुन्छ ।’

एमालेको प्रस्ताव क्लियर भएर आएपछि छलफल गर्न सकिने बताए । उनले अहिलेसम्म कुनै कुरा निष्कर्षमा नपुगेकाले भोलि बिहान ९ बजे फेरि बैठक बस्ने

 


प्रतिक्रिया

One thought on “गठबन्धनको बैठकमा प्रचण्डको ब्रिफिङ- ओलीजीले राष्ट्रियसभामा हामीलाई जिरो गरेर नजानुस् भन्नुभयो (भिडिओ)

  1. लुटेरा ठगबन्धनले के बुझ भने एमाले भनेको बाघ हो । बाघले घाँस खादैन । प्रचण्डजस्ता नौटंकीको कुराको पछि जनता त लाग्न छोडिसके । ओलि भनेको प्रचण्ड देउवासँग झोली थाप्दै हिडने नेता होईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर