राष्ट्रिय सभा निर्वाचनः ३ सिटका लागि एमाले गण्डकीले पठायो ९ जनाको नाम – Nepal Press

राष्ट्रिय सभा निर्वाचनः ३ सिटका लागि एमाले गण्डकीले पठायो ९ जनाको नाम

पोखरा । राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमाले गण्डकी प्रदेशले आकांक्षीहरूको नाम सिफारिस गरेको छ ।

राष्ट्रिय सभा निर्वाचन आउँदो माघ ११ गते हुँदैछ । गण्डकीमा तीन क्लस्टरमा निर्वाचन हुनेछ । अन्य, महिला र अपाङ्गतारअल्पसंख्यकमा १र१ गरी तीन पद रिक्त हुँदैछ ।

एमाले गण्डकीले बुधबार राष्ट्रिय सभा निर्वाचनका लागि ३ सिटका लागि ९ जनाको नाम सिफारिस गरेको छ ।

अन्यतर्फ चक्रबहादुर पराजुली, बागलुङका मोहनलाल शर्मा र म्यादीकी ममतादेवी शर्मा उपाध्याय सिफारिस हुँदा अपाङ्गतारअल्पसंख्यकतर्फ कास्कीका मेघराज आचार्य, मुस्ताङका हेमन्त शेरचन र गोरखाकी मिना वराम सिफारिस भएका छन् ।

महिलातर्फ गोरखाकी सम्झना देवकोटा, कास्कीकी सगुन गुरुङ र स्याङ्जाकी इश्वरी सिग्देल अर्याललाई सिफारिस गरिएको छ ।
गण्डकी प्रदेशबाट निर्वाचित भई राष्ट्रिय सभाका अध्यक्षसमेत रहेका गणेशप्रसाद तिमिल्सिनासहित सदस्यहरू दीपा गुरुङ र प्रकाश पन्थको कार्यकाल आउँदो फागुन २० मा सकिँदैछ । अध्यक्ष तिमिल्सिना र गुरुङ एमालेबाट तथा पन्थ कांग्रेसबाट निर्वाचित भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर