क्रिकेटबाट सन्‍न्‍यास लिएर विदेशिँदै ज्योति (भिडिओ) – Nepal Press

क्रिकेटबाट सन्‍न्‍यास लिएर विदेशिँदै ज्योति (भिडिओ)

काठमाडौं । नेपाली क्रिकेट टोलीकी ओपनर तथा विकेटकिपर ज्योति पाण्डेले राष्ट्रिय र घरेलु दुवै क्रिकेटबाट सन्‍न्‍यास लिएकी छिन् ।

प्रधानमन्त्री कप महिला टी २० राष्ट्रिय प्रतियोगिता फाइनल खेल खेलेसँगै एपीएफमा आवद्ध पाण्डेले सन्यास लिएकी हुन् । उनलाई उपाधि जितेपछि टीयू क्रिकेट मैदानमा एपीएफको टोलीले सम्मान दिएको थियो ।

आफू विदेश जान लागेकाले क्रिकेट करियर अन्त्य गरेको उनले बताइन् । टीम छोड्दा दु:ख लागेपनि आफ्नो आगामी दिनका लागि कठिन निर्णय गरेको उनको भनाइ छ ।

उनले सन् २०१६ मा थाईल्यान्डमा भएको एसीसी वुमन्स एसिया कपमा पाकिस्तानविरुद्ध सिनियर डेब्यू गरेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर