जिल्ला समन्वय समितिमा सरकारी कर्मचारीसहित १३ जना कर्मचारी मात्रै राख्न पाइने – Nepal Press

जिल्ला समन्वय समितिमा सरकारी कर्मचारीसहित १३ जना कर्मचारी मात्रै राख्न पाइने

काठमाडौं । संशोधित दरबन्दी अनुसार अब जिल्ला समन्वय समिति (जिसस)मा १२ जना सरकारी कर्मचारी र एक जना करारका कर्मचारी बाहेक अन्य कर्मचारी राख्न नपाइने भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार ७७ वटै जिल्ला समन्वय समितिलाई परिपत्र गर्दै यस्तो जानकारी गराएको हो ।

मन्त्रालयले मंगलबार ७७ वटै जिल्लालाई परिपत्र गर्दै गत असोज १६ गते बसेको मन्त्रिपरिषद् बैठकबाट स्वकिृत भएको जिससको सङ्गठन संरचना र दरबन्दी तेरिज गर्ने संशोधन प्रस्तावको आधारमा मात्रै कर्मचारी राख्न भनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर