भ्रष्टाचार आरोपमा प्रधानाध्यापक र अध्यक्षविरुद्ध अख्तियारको मुद्दा – Nepal Press

भ्रष्टाचार आरोपमा प्रधानाध्यापक र अध्यक्षविरुद्ध अख्तियारको मुद्दा

रुपन्देही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालयको रकम हिनाबिना गरेको विषयमा बाँकेको एक विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षविरुद्ध मुद्दा चलाएको छ ।

नरैनापुर गाउँपालिका वडा नम्बर २ स्थित मदरसा दारुल उलूम अमजदिया बरकातियाका प्रधानाध्यापक कलिम अहमद जोलाह र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बदरुददुजा खाँविरुद्ध सोमवार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

प्रधानाध्यापक जोलाहले विभिन्न आर्थिक वर्षमा तलब भत्ता, छात्रवृत्ति, निःशुल्क पाठ्यपुस्तक लगायतका शीर्षकमा साविक जिल्ला शिक्षा कार्यालयबाट निकासा भएको रकम हिनामिना गरेकोे दावीसहित आयोगले मुद्दा दर्ता गरेको प्रवक्ता नरहरि घिमिरेले जनाएका छन् ।

आव २०७०र०७१ देखि २०७४र०७५ सम्म शिक्षकको तलब भत्ता, छात्रवृत्ति, निःशुल्क पाठ्यपुस्तक, विद्यालय फर्निचर र भवन निर्माण शीर्षकमा निकासा भएको १८ लाख ३ हजार ७४१ रुपैयाँ हिनामिना भएको आयोगलेले पेश गरेको विवरणमा उल्लेख छ ।

दुवै जनालाई कैद र बिगोसमेत असुल उपरको मागदाबीसहित आरोप पत्र दायर गर्दै लेखापरीक्षण प्रतिवेदनले आफ्नो नाममा पेश्की बेरुजु औंल्याएको रकमसमेत जोलाहले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खाँसँगको मिलेमतोमा हिनामिना गरेको दाबी आयोगले गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *