बुटवलमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु – Nepal Press

बुटवलमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

रुपन्देही । बुटवलमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ३३७४ नं। को बसले साइकलयात्रीलाई ठक्कर दिएको थियो ।

दिउँसो सवा तिन बजेतिर बुटवल ८ मिलनचोकमा भएको उक्त दुर्घटनामा साइकलयात्री अन्दाजी ४० वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्कर दिएपछि बसको चक्कामुनि परेका साइकलयात्रीको टाउको क्षतविक्षत बनेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतक व्यक्तिको पहिचान भने अझै खुल्न सकेको छैन।

अहिले प्रहरीले मृतकको शवलाई लुम्बिनी प्रादेशिक अस्पतालमा राखेको छ भने ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर