वैदेशिक लगानी सहजीकरण गर्न सरकारले कुनै कसर बाँकी राख्दैन: परराष्ट्रमन्त्री साउद – Nepal Press

वैदेशिक लगानी सहजीकरण गर्न सरकारले कुनै कसर बाँकी राख्दैन: परराष्ट्रमन्त्री साउद

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले वैदेशिक लगानीलाई सहजीकरण गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

क्यानडा-नेपाल च्याम्बर अफ कमर्श र क्यानेडिन हिन्दु च्याम्बर अफ कमर्शको संयुक्त प्रतिनिधिमण्डलसँग मंगलबार मन्त्रालयमा भएको अन्तरक्रियामा उनले उक्त कुरा बताएका हुन् ।

उक्त अवसरमा उनले आगामी अप्रिलमा हुने तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनबारे चर्चा गरेका थिए ।

अन्तरक्रियामा क्यानडा र नेपालबीचको व्यापार तथा लगानी सम्बन्धका बारेमा छलफल भएको थियो ।

क्यानेडिन हिन्दु च्याम्बर अफ कमर्शका अध्यक्ष नरेशकुमार चाव्दाले नेपालमा विशेष गरी कृषि तथा खाद्य, टेक्सटायल र जलविद्युतका क्षेत्रमा क्यानेडियन निजी क्षेत्रले काम गर्न चाहेको बताए ।

प्रतिनिधिमण्डलमा क्यानेडिन हिन्दु च्याम्बर अफ कमर्शका अध्यक्ष चाब्दासँगै क्यानडा–नेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष विजय पौडेलले नेतृत्व गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर