बालकृष्ण खाँणसमक्ष शंकर भण्डारीले राखे तीन प्रस्ताव – Nepal Press

बालकृष्ण खाँणसमक्ष शंकर भण्डारीले राखे तीन प्रस्ताव

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा धरौटीमा छुटेपछि पार्टी गतिविधिमा सक्रिय हुन लागेका कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण र कांग्रेसभित्र हिन्दूराज्यको बहस चलाइरहेका नेता शंकर भण्डारीबीच आन्तरिक समीकरणबारे छलफल भएको छ ।

पूर्व गृहमन्त्री खाँण र सांसद भण्डारीबीच महारजगञ्जस्थित भण्डारीको सम्पर्क कार्यालयमा भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा पार्टीको आसन्न महासमिति बैठक र राष्ट्रिय राजनीतिको विषयमा छलफल भएको थियो ।

पूर्व गृहमन्त्री खाँणले केन्द्रीय कार्य समिति बैठकमा सहभागिता जनाएसँगै पार्टीका केन्द्रीय तहका नेताहरूसँग भेटघाट र छलफल कार्यलाई अगाडि बढाउने क्रममा भण्डारीसँग भेट गरेको बताएका छन् ।

केन्द्रीय सदस्य तथा सांसद भण्डारीले पूर्व गृहमन्त्री खाँणलाई हिन्दु सनातन राज्यको एजेन्डामा उभिन आग्रह गरेको छन् ।

मुलुक अत्यन्त जटिल मोडमा पुगेको हुँदा मुलुकको अस्तित्व जोगाउनका लागि सबै गम्भीर भन्दै भण्डारीले वैदिक सनातन हिन्दू राष्ट्र घोषणा,प्रदेश खारेजी र निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्नेमा जोड दिएका थिए ।

भण्डारीले राखेका यी विषयहरूलाई पूर्व मन्त्री खाँणले समेत सकारात्मक रूपमा लिएको उनको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर