नेपाल ऐन संशोधनमा सरकारको आसन फेरिए पनि तरिका फेरिएन : महामन्त्री थापा (भिडिओ) – Nepal Press

नेपाल ऐन संशोधनमा सरकारको आसन फेरिए पनि तरिका फेरिएन : महामन्त्री थापा (भिडिओ)

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले केही नेपाल ऐन संशोधनमा सरकारको आसन फेरिए पनि तरिका नफेरिएको बताएका छन् ।

सोमबार कानून, न्याय तथा मानवअधिकार समिति बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा संशोधनकर्ता सांसदहरुको छलफलमा बोल्दै यस्तो बताएका हुन् । उनले केही नेपाल ऐनलाई संशोधन गर्ने विषयमा विगत र अहिलको सरकारमा भिन्नता नभएको आरोप लगाए ।

उनले सरकारले केही नेपाल ऐनलाई संशोधन गर्ने नाममा आफू अनकुलको ऐन संशोधनको लागि प्रश्तावहरु आउन थालेको बताए । उनले केही वर्षदेखि नेपाल ऐन संशोधन विकृति बढ्दै आएको भन्दै बाहिर प्रश्न उठ्दै आएको बताए ।

उनले विगतका समितिमा ऐन संशोधनको विषयमा सांसदहरुले सुन्न समेत नपाएको ऐन पास भएको भन्दै आफू त्यसको भिक्टिम भएको बताए ।

यस्ताे छ थापाकाे भनाइ:

नेपाल ऐन संशोधन केही समयदेखि विकृति हुँदै गयो । लगातार केही वर्ष देखि प्रश्न र विवेचना हुँदै आएको छ । हामीहरुको आसन फेरिएको छ । तर हाम्रो तरिका फेरिएन । २०७४ सालपछि त्यो बेलाको सरकारले केही नेपाल ऐन संशोधन आयो । सारभुत कुरा ल्याउनुहुन्न केही अनुसार्गिक कुराहरु मात्रै ल्याउनुपर्छ भन्ने तरिकाले ल्याइयो ।

गोकर्ण रिसार्ट केही नेपाल ऐन संशोधनमा ल्याएको थियो । नेपाल ऐन संशोधन पछिल्लो समय जसलाई जे चाहिएको छ त्यही ठ्याक्क बदल्नु छ । यसमा पनि यही देखिन्छ । एउटा कर्मचारीलाई निमित्त दिनको लागि निमित्त अन्तकालसम्म राख्ने प्रश्ताव छ ।

कसैको उमेर ६५ वर्ष नागेको छ त्यसमा ७० बनाउने भनेर आएको छ । त्यसले पनि नेपाल ऐन संशोधनमा समस्याहरु आएको हो । संसदमा आफ्ना असहमति प्रकट गर्ने फरक फरक तरिकाहरु हुन्छन् । विरोधको सूचनाको पक्षमा हुनेले बोल्न पाउने र नपाउनेले निर्धारण गर्ने होइन । समितिमा अघिल्लो पटकको भिक्टिम हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर