टर्की प्रहरीद्वारा आईएस शंकास्पद १८९ जना पक्राउ – Nepal Press

टर्की प्रहरीद्वारा आईएस शंकास्पद १८९ जना पक्राउ

काठमाडौं । टर्कीका सुरक्षा बलहरूले देशका ३७ प्रान्तहरूमा हिरोज-३८ कोड नामको अपरेशनमा इस्लामिक स्टेटका १८९ संदिग्ध सदस्यहरूलाई पक्राउ गरेको छ ।

यो अपरेशन सबै प्रान्तहरूमा एकसाथ गरिएको थियो । आन्तरिक मन्त्री अली येर्लिकायाले यसबारे जानकारी गराउनुभएको हो । अधिकांश संदिग्धलाई राजधानी अंकाराबाट पक्राउ गरिएको थियो ।

एकै समयमा देशको सबैभन्दा धेरै जनसंख्या भएको शहर इस्तानबुलमा २२ जनालाई पक्राउ गरिएको थियो । टर्की सरकारले २०१३ मा इस्लामिक स्टेटलाई आतंकवादी संगठन तोकेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर