अंग्रेजी नयाँ वर्ष मनाएर फर्केका पैदल यात्रीलाई कारले ठक्कर दिँदा दुई जनाको मृत्यु – Nepal Press

अंग्रेजी नयाँ वर्ष मनाएर फर्केका पैदल यात्रीलाई कारले ठक्कर दिँदा दुई जनाको मृत्यु

रुपन्देही । अंग्रेजी नयाँ वर्ष मनाएर फर्केका पैदल यात्रीलाई आइतबार राती बाँकेको नेपालगन्जमा स्कारपियोले ठक्कर दिँदा दुई जना पैदल यात्रीको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डीएसपी नारायण डाँगीका अनुसार अंग्रेजी नयाँ वर्ष मनाएर फर्किरहेकाहरूलाई आइतबार राति सिक्टा सिँचाइ आयोजनाको कार्यालय नजिकै स्कारपियो गाडीले ठक्कर दिँदा एक महिला र एक पुरुषको मृत्यु भएको हो ।

आइतबार राति सिक्टा सिँचाइ आयोजनाको कार्यालय नजिकै सु।प्र।प्र ०१००१ च ३४६४ नं को स्कारपियो गाडीले ठक्कर दिएको डाँगीले जानकारी दिए ।

गाडीको ठक्करबाट नेपालगन्ज १३ की २४ वर्षीया आस्था शाहको मृत्यु भएको छ  भने एक जना पुरुषको सनाखत हुन सकेको छैन ।

उपचारको क्रममा उनीहरूको नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको थियो । दुर्घटनामा घाइते एक महिलाको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।

डाँगीले घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर