दुई युवाको मृत्युमा आईजीपीको जवाफ- मन्त्रीको गाडी त्यहाँ नपुगेकाे भए त्यस्तो घटना हुने थिएन – Nepal Press

दुई युवाको मृत्युमा आईजीपीको जवाफ- मन्त्रीको गाडी त्यहाँ नपुगेकाे भए त्यस्तो घटना हुने थिएन

काठमाडौं । प्रहरी महानिरीक्षक वसन्त कुँवरले बालकुमारी रुटमा मन्त्रीको सवारी भएपछि प्रदर्शनले असामान्य रूप लिएको बताएका छन् ।

संसदीय समितिमा छलफलका क्रममा उनले मन्त्रीको गाडी त्यही रुट भएर गएपछि प्रदर्शनकारीहरू उग्र बनेको बताए ।

मन्त्रीलाई नै हातपात गर्ने गाडीमा आगजनी हुनसक्ने भन्ने सूचना आएपछि सुरक्षाकर्मीहरू त्यसतर्फ गएको उनले बताए ।

राज्य व्यवस्था तथा सुशासन समितिको छलफलमा उनले मन्त्रीको गाडी आएर भिडमा रोकिएपछि अवस्था असामान्य बनेको बताए ।

गोली चलेको यकिन नभए पनि १२ः२० मा मन्त्रीको गाडीमा आगजनी भएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *