बालकुमारी घटना: सुदूरपश्चिम मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन, २ लाख दिने प्रदेश सरकारको घोषणा – Nepal Press

बालकुमारी घटना: सुदूरपश्चिम मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन, २ लाख दिने प्रदेश सरकारको घोषणा

कैलाली । ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागि ज्यान गुमाएका दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको न्यायको लागि धनगढीमा प्रदर्शन गरिएको छ ।

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि मृतक शाहका आफन्तहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले त्यस क्रममा नाराबाजीसमेत गरेका थिए ।

मृतकका आफन्तले न्याय माग्दै धनगढी चौराहदेखि मुख्यमन्त्री कार्यालयसम्म प्रदर्शन गरेका थिए ।

बालकुमारी घटनामा मृत्यु भएका दुवै जनालाई शहीद घोषणा गर्न पनि माग गरिएको छ । मृतकहरूलाई शहीद घोषणा गर्नुपर्ने र परिवारका एकएक जनालाई रोजगारीको व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ ।

यसअघि शनिबार मृतकका परिवारले ११ बुँदे मागपत्र प्रधानमन्त्रीलाई बुझाउँदै उचित क्षतिपूर्ति दिनुपर्नेतर्फ ध्यानाकर्षण गराइसकेका छन् । आन्दोलनमा घाइते भएकाहरूको उपचारको व्यवस्था गर्नुपर्ने, बेपत्ताहरूको खोजीनीति गरी उनीहरूको अवस्था सार्वजनिक गर्न पनि माग गरिएको छ ।

घटनास्थलको सीसीटीभी फुटेज सुरक्षित राखी छानबिनको आधार बनाउनुपर्ने र मृतकको आफन्तको इच्छाअनुसार सदगदको व्यवस्था गर्नुपर्ने माग पनि गरिएको छ ।

यता सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मृतकका परिवारलाई २–२ लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *