कांग्रेसको अपिल- शान्ति प्रक्रियालाई टुंग्याएर पीडित परिवारलाई न्याय दिलाउन विलम्व नगरौं – Nepal Press

कांग्रेसको अपिल- शान्ति प्रक्रियालाई टुंग्याएर पीडित परिवारलाई न्याय दिलाउन विलम्व नगरौं

काठमाडौं । नेपाली कांग्रेसले बाह्र बुँदे समझदारी, वृहत शान्ति सम्झौताले निर्दिष्ट गरेको शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम निष्कर्षमा पुर्‍याई द्वन्द्व प्रभावित व्यक्ति र परिवारलाई न्याय दिलाउन विलम्व गर्न नहुने निष्कर्ष निकालेको छ।

केन्द्रीय समितिको बैठकले शाक्ति प्रक्रियाको बाँकी काम टुंग्याउन यस प्रक्रियामा संलग्न सबैसँग साझा सहमतिको लागि अपिल गरेको हो।
बैठकको निर्णय सुनाउँदै प्रचार विभाग प्रमुख मीन विश्वकर्माले नेपाली जनताको दशकौं देखिको निरङ्कुशताको अन्त्य, लोकतन्त्रको वहाली र स्वतन्त्रता, समानता एवं समावेशीता र न्यायको अभिलाषा यो संविधानले सम्बोधन गरेको बताए।

उनले भने, संविधान जारी भएको आठ वर्ष बितिसक्दा पनि संविधानले निर्दिष्ट गरेका धेरै सवालहरूमा आवश्यक कानून निर्माण हुन नसकेकोले प्रणालीप्रति नै प्रश्न उठाउने प्रयास भइरहेका छन् । नेपाली जनताको चाहाना र भावना समेटिएको यो सविधानको प्रभावकारी कार्यान्वयनले नै हाम्रा सामु देखिएका आर्थिक, सामाजिक, धार्मिक, साँस्कृतिक एवं राजनैतिक अन्यौलता हटाउन सक्छ । बाह्र बुँदे समझदारी, वृहत शान्ति सम्झौताले निर्दिष्ट गरेको शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम निष्कर्षमा पुर्‍याई द्वन्द्व प्रभावित व्यक्ति र परिवारलाई न्याय दिलाउन विलम्व गर्न नहुने निष्कर्ष सहित यस प्रक्रियामा संलग्न सबैसँग साझा सहमतिको लागि यो बैठक अपील गर्दछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर